
आयरल्याण्डको किल्डेर शहरमा भएको एक दिवसीय स्प्रिंग च्याम्पिनशिप भलिबल खेलमा नेपाली टोलीले जित हासिल गरेको छ ।
किल्डेर फिलिपिनो सोसाइटी आयरल्याण्डले आयोजना गरेको उक्त खेलमा नेपाली भलिबल खेलाडीहरु मिलन छन्त्याल, मिलन श्रेष्ठ, गणेश गुरुङ लगायतका खेलाडीहरु रहेका थिए ।
नेपाली टोलीका भलिबल खेलाडी प्रतिनिधि मिलन छन्त्यालले नेपाली टोलीले आफ्नो उत्कृष्ट खेल प्रस्तुत गरेको बताएका छन् भने खेलले नेपालीको पहिचान स्थापित हुन मद्दत मिलेको कुरा अर्का खेलाडी गणेश गुरुंङले बताए ।
नेपाल,आयरल्याण्ड, फिलिपिन्स,पोल्याण्ड, ब्राजिल, मंगोलिया लगायतका देशका खेलाडीहरुले भाग लिएको उक्त खेलमा गैर आवासीय नेपाली संघ आयरल्याण्डले नेपाली खेलाडीले उत्कृष्ट प्रद्र्धशन गरेर नेपाल र नेपालीको शिर उच्च बनाएकोमा हार्दिक बधाई ज्ञापन गरेको छ ।
वि.सं.२०७५ वैशाख २५ मंगलवार १०:०६ मा प्रकाशित






























