back
CTIZAN AD

बजेटमा प्राथमिकता तोक्नुपर्छ : डा भट्टराई

वि.सं.२०७५ वैशाख २७ बिहीवार

675 

shares

baburam bhattarai

२७ वैशाख, काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले मुलुकको आर्थिक विकास गर्न बजेटले प्राथमिकता तोकेर जानुपर्ने बताएका छन् ।

आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेका प्रस्तावलगायत समग्र विषयमा समय मागेर बाल्दै भट्टराईले बजेट प्राथमिकताको आधारमा भन्दा पनि हिजोको निरन्तरताको गन्ध देखिएको धारणा राखे ।

सांसद भट्टराईले मुलुकमा नयाँ ढंगले बजेट अगाडि बढाएर प्राथमिकताका आधारमा कसलाई पहिलो प्राथमिकता दिने भन्ने किटान बजेटमा नगरिएको हुँदा त्यततर्फ ध्यान दिन आग्रह गरे ।

मुलुकको विकासका लागि कृषि, पर्यटन, जलस्रोतलाई प्राथमिकता दिनुपर्ने तर तीबाहेक अन्य पूर्वाधार निर्माण र शिक्षालाई समेत विशेष ध्यान दिनुपर्नेमा उनको भनाइ थियो ।

सांसद भट्टराईले पूर्वधार संरचना अन्तर्राष्ट्रिय विमानस्थलको तीव्र निर्माण, सामाजिक पूर्वाधारका रुपमा शिक्षालाई परिवर्तन गरी प्राविधिक शिक्षा सञ्चालन गर्न जरुरी भएको उल्लेख गरे ।
उनले विज्ञानबिना संसारमा कुनै पनि विकास सम्भव नभएको उल्लेख गर्दै कृषि, सिँचाइ, मल बीउलाई ध्यान दिएर कृषकलाई निःशुल्क स्वास्थ्य बीमाजस्ता कार्यक्रम ल्याएर जमिनको उपयोग गर्नुपर्ने सुझाव राखे ।

सांसद भट्टराईले छिमेकी राष्ट्र भारत र चीन दुवै छिमेकीसँग असल सम्बन्ध राखेर दुवै देशसँग बीचमा रहेर पुलका रुपमा काम गर्नुपर्ने उल्लेख गरे ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउन लागेको हुँदा छिमेकीसँगको सम्बन्धलाई राम्रो बनाएर सहयोग लिएर देशको विकास गर्नमा विशेष ध्यान पुग्नुपर्ने बताए । सांसद भट्टराईले आफ्नो पालामा बिप्पा सम्झौता भएको थियो र अरु ५० देशमा बिप्पा सम्झौता गर्नुपर्ने संसद्समक्ष राखे ।

सांसद भट्टराईले संघीयता कार्यान्वयन गर्नका लागि बजेट तथा नीति कार्यक्रम बनाउँदा ध्यान दिनुपर्ने उल्लेख गर्दै देशको जमिनको राम्रो सदुपयोग गर्नुपर्ने बताए ।

उनले निजी क्षेत्रलाई नाफा कमाऊ कर तिर भन्ने कुरामा जानुपर्छ भन्ने सुझाव दिँदै विदेशी ठूला लगानी बढाउनुपर्ने धारणा राखे । सांसद भट्टराईले भ्रष्टारमुक्त समाज निर्माण गर्न जरुरी भएको उल्लेख गयो ।

वि.सं.२०७५ वैशाख २७ बिहीवार १२:५७ मा प्रकाशित

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...