back
CTIZAN AD

करोडौँको लगानीमा डडेल्धुरा सदरमुकाममा खानेपानी ल्याइँदै

वि.सं.२०७५ वैशाख २७ बिहीवार

786 

shares

water२७ वैशाख, डडेल्धुरा। डडेल्धुरा सदरमुकामका लागि साना शहरी खानेपानी योजनाले रु ३० करोडभन्दा बढीको लगानीमा खानेपानीको योजना निर्माण थालेको छ ।

डडेल्धुरा सदरमुकाममा वर्षौं पहिले निर्माण भएको खलङ्गा खानेपानीबाट वितरण भइरहेको खानेपानी अपुग भएकाले साना शहरी खानेपानी योजनाको काम शुरु भएको खलंगा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष रवि केसीले जानकारी गराए ।

एक हजार ३०० धाराबाट पानी वितरण गर्न सदरमुकाममा साना शहरी खानेपानी योजनाको काम थालिएको उक्त समितिका सचिव देवकी भट्टले बताऐ । रु ३० करोड ६२ लाखको लागतमा सो आयोजनाको निर्माण थालिएको अमरगढी साना शहरी खानेपानी आयोजनाले जनाएको छ ।

एक हजार ३०० धाराबाट खानेपानी वितरण गर्ने योजना भए पनि मूलबाट आएको पानीबाट एक हजार ५०० सम्म धारा राख्न सकिने खलङ्गा उक्त उपभोक्ता समितिका सचिव देवकी भट्टले जानकारी गराए । नगरपालिका सँगको सहकार्यमा समितिले गरेको सर्भेक्षणका आधारमा खलंगा, बागबजार, तुफानडाँडा र कीर्तिपुर क्षेत्रमा एक हजार ३०० धारा आवश्यक पर्नेछ ।

अठार महिनामा काम सम्पन्न गर्ने गरी सो योजना निर्माण गर्न लागिएको हो । सदरमुकाम खलङ्गाबाट वितरण गरिने खानेपानी योजनाको मुहान १९ किलोमिटर ५०० मिटर टाढा अमरगढी–२ मा छ । अरगढी–२ को मतरे, लामासेन र अनारबे भन्ने खोलाको मूलबाट पानी संकलन गरी योजना निर्माण भइरहेको सचिव भट्टले जानकारी गराए ।

अमरगढी बजार क्षेत्रको खलङ्गा, बागबजार, कीर्तिपुर, थोफानडाँडो क्षेत्रमा एक हजार ३०० घरधुरीका लागि धारा आवश्यक छ । गर्मियाममा पानीको समस्या भएका बेला पानी पर्याप्त पानि भए सदुरमुकाममा अझ बढी जनसंख्या थपिने आयोजनाले जनाएको छ । सुख्खायाममा खानेपानीको समस्या भोग्दै आएका सर्वसाधारण तथा व्यापारीले पनि सहजै पानी उपभोग गर्न पाउने योजना निर्माण कम्पनीले जनाएको छ ।

सर्भेक्षणमा मात्र दुई महिना खर्चेको निर्माण कम्पनी चाँदनी कन्स्ट्रक्सनले अहिले इन्टेक निर्माणका लागि आवश्यक सामग्री जुटाइरहेको छ भने वितरण केन्द्र खलङ्गामा पनि ट्याङ्की निर्माण कार्यको थालनी भइसकेको छ ।

वि.सं.२०७५ वैशाख २७ बिहीवार १३:०४ मा प्रकाशित

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...