back
CTIZAN AD

युवा उद्यमी पोखरेलले स्टार्टअप थाईल्यान्डमा नेपालको प्रतिनिधित्व गर्ने

वि.सं.२०७५ जेठ २ बुधवार

888 

shares

Shambhu

२ जेठ, काठमाडौँ । युवा उद्यमी शम्भु पोखरेलले स्टार्ट अफ थाईल्यान्डको दोस्रो संस्करणमा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । आगामी मे १७ देखि २० सम्म थाईल्यान्डको राजधानी बैंककमा चल्ने उक्त सम्मेलनमा पोखरेलले नेपालको तर्फबाट आफ्नो स्पिच दिने कार्यक्रम रहेको छ । पोखरेलले “ फ्युचर अफ शपोहोलिक” अर्थात किनमेलपारखीहरुको भविष्य विषयमा कि नोट स्पिच दिने कार्यक्रम रहेको छ ।
वल्र्ड ट्रेड ग्रुपका अध्यक्ष पोखरेल बिजनेस टेलिभिजनका कार्यकारी अध्यक्ष समेत हुन् । स्टार्टअप थाईल्याण्ड एक उद्यमशीलता पदोन्नति प्लेटफर्म हो । थाइल्यान्डको विज्ञान तथा प्रविधि मन्त्रालयको ईन्नोभेषन सेन्टर (उन्नयन केन्द्र) ले सो स्टार्टअप समिटको आयोजना गरेको हो ।
समिटमा १ सय ४० देशका १५ सय भन्दा बढि युवा उद्यमी तथा अमेरिका जापान लगाएतका देशबाट ठुला लगानीकर्ताहरु समेत सहभागी हुने आयोजकले जनाएका छन् ।
स्टार्टअप थाईल्याण्डमा कि नोट स्पिकरका रुपमा बोलाईएका पोखरेल पहिलो र एकमात्र नेपाली हुन् । स्टार्टअफ थाईल्याण्डमा पोखरेलको सहभागीताबाट नेपालको स्टार्टअपको क्षेत्रमा अन्तराष्ट्रिय पहुंच बढ्ने र नेपालमा थप लगानी समेत आउने विश्वास गरिएको छ । विज्ञान र कानूनमा स्नातक गरेका पोखरेल २ बिषयमा स्नातकोत्तर र अन्तराष्ट्रिय सम्बन्धमा विद्यावारिधि गर्दै हुनुहुन्छ ।

वि.सं.२०७५ जेठ २ बुधवार १७:४३ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...