back
CTIZAN AD

पत्याउनुहुन्छ, गणेशले पालेको एउटै बाख्राको मुल्य ४ लाख रुपैयाँ पर्छ !

वि.सं.२०७५ जेठ २ बुधवार

861 

shares
फाइल फोटो
फाइल फोटो

सन्तोष शर्मा, बनियानी, झापा । पछिल्लो समय युवामा कृषि पेशाप्रति आकर्षण बढ्दै गएको छ ।

कृषिबाट नाम र दाम कमाउन पनि सकिन्छ । सोही कृषि कार्यलाई व्यावसायिकता दिँदै झापा गोलधापका गणेश पराजुलीले उन्नत जातको बाख्रापालन गरिरहेका छन् ।

उनले प्रगति बोयर बाख्रापालन केन्द्र सञ्चालन गरेर उन्नत जातका बाख्रा पालेका हुन् । हाल उनको फर्ममा १३७ वटा बाख्रा छन् । दक्षिण अफ्रिकाबाट बोयर जातको बीउ बाख्रा ल्याएका स्थानीय जातका बाख्रासँग ‘क्रस’ गरेर उन्नत जातको बाख्रा उत्पादन गरिरहेको उनले बताए ।

२०७१ सालदेखि व्यावसायिक बाख्रापालन शुरु गरेका पराजुलीले चार वर्षमा आफ्नो फर्ममा रु एक करोड २० लाख ९० हजार लगानी गरिसकेका छन् । पराजुली व्यावसायिक बाख्रापालनका लागि उदाहरणीय किसानसमेत बनेका छन् भने मनग्ये आम्दानी गर्न सफल पनि भएका छन् ।

“अहिले देशभरबाट बाख्राको माग भइरहेको छ”, परिश्रमी पराजुलीले भने “सुर्खेत, पर्वत, भक्तपुर, स्याङ्जासहित पूर्वका विभिन्न जिल्लाका किसान बाख्रा खरिद गर्न आउनुहुन्छ ।” उनले सुर्खेतका एक किसानलाई २२ महिनाको १३२ केजी बोयर बाख्रा रु चारलाख ६५ हजारमा बिक्री गरेको सुनाए । स्वदेशमै स्वरोजगार बन्ने सपना बुनेर मेहनत गरे असम्भव केही नभएको उनी सुनाउछन् ।
उनले बाणिज्य बैंकबाट रु ५९ लाख ऋण लिएको बताउँदै भने, “पारिवारिक रुपमा पनि सरसहयोग लिएको छु÷पाइरहेको छु ।” “मासुका लागि बोयर जातको बाख्रा राम्रो मानिन्छ, उत्पादनका दृष्टिले पनि राम्रो छ” उनले बाख्राको गुण बयान गर्दै भने, “बोयरको मासु रोग प्रतिरोधात्मक क्षमता धेरै भएकाले यसको माग बढ्दै गएको छ ।”

बोयर जातको बाख्राले दुई वर्षमा तीन पटक पाठापाठी ब्याउने गरेको छ । “हरेक पटक जुम्ल्याहा पाठापाठी दिन्छ” उनले भने ।

उनले पशु आहारका लागि व्यक्तिगत एक बिगाह र भाडामा तीन बिगाह जग्गा लिएका छन भने असारमा रु ३८ लाखको बाख्रा थप्ने तयारी रहेको बताए । फर्ममा दुईजनाले रोजगारीसमेत पाएका छन् ।

वि.सं.२०७५ जेठ २ बुधवार १७:५३ मा प्रकाशित

यस्तो छ आजको बजारमा कृषि उपजको भाउ

यस्तो छ आजको बजारमा कृषि उपजको भाउ

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

कृषिउपजको थोक मूल्य, कुन तरकारीको मूल्य प्रतिकेजी कति ?

कृषिउपजको थोक मूल्य, कुन तरकारीको मूल्य प्रतिकेजी कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...