back
CTIZAN AD

किन बहिष्कार गरे फिप्ना र नेवा गुथी अमेरिकाले नेपाल परेड डे २०१८ ?

वि.सं.२०७५ जेठ २ बुधवार

693 

shares

२ जेठ, काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका र नेवा गुथी अमेरिकाले अमेरिकामा आयोजना हुन लागेको नेपाल परेड डे २०१८ बहिष्कार गरेका छन् ।
नेपाल आदिवासी जनजाति महांघ अमेरिकाका अध्यक्ष मान बहादुर राना मगर र महासचिव प्रेम गुरुङले एक प्रेस वक्तव्य नै जारी गरेर विविध कारणले मई २० का दिन आयोजना हुन लागेको नेपाल परेड डे  २०१८ बहिष्कार गरेको जनाएका छन् ।
यस्तो फिप्नाको विज्ञप्ति

 

‘फिप्नाको सम्पूर्ण सदस्य संस्थाको अध्यक्ष तथा पदाधिकारी ज्युहरु, संघिय परिषद्को प्रतिनिधिज्युहरु,

बिषय : नेपाल डे परेड २०१८ को सन्दर्भमा |

माथि उल्लेखित नेपाल डे परेड २०१८ को सन्दर्भमा फिप्नाको तर्फबाट भएको र गरिएको बहस यहाँहरुलाई जानकारी नै छ | धेरै जसो बैठकमा यहाँहरुको उपस्थिति, सुझाब, सल्लाह र सहायोग पनि हामीले पाईरहेको छौ | तथापी महासंघकै निवर्तमान अध्यक्ष लुईसाङ्ग वाईबा र उपाध्यक्ष मंगलदास श्रेष्ठको तल उल्लेखित गद्दारी कार्यहरुको कारण फिप्नाले आन्तरिक तथा कानुनि कारबाही अगाडी बढाई रहेकोले निज ब्याक्तिहरु र नेपाल डे परेड ईन्क संग फिप्ना र फिप्नाको सदस्य संस्थाहरुले सहकार्य गर्दा आर्थिक हिनामिना सम्बन्धि तथा अन्य कानुनि कारबाहीलाई असर पर्ने भएकोले (ईन्क) संलग्न नेपाल डे परेड २०१८ मा फिप्ना र फिप्ना अन्तर्गत संस्थाहरु सहभागी हुन नसकिने फिप्नाको निचोड र आधिकारिक निर्णय भएकोले यो निर्णय प्रति गम्भीर भई कार्यनयन गर्नु हुन फिप्नाका सम्पूर्ण सदस्य सस्थाहरुलाई हार्दिक अनुरोध गरिन्छ | यो गम्भीर परिस्थितिलाई बेवास्ता गरि फिप्नाको निर्णय कार्यनयन नगर्ने सस्था र प्रतिनिधिहरु उपर फिप्नाको संघिय परिषद बैठकमा गम्भीर छलफल गरिने जानकारी गराउदछौ |

फिप्नाको गद्दार निवर्तमान अध्यक्ष र उपाध्यक्षले फिप्नाको बिरुध्द गरेको कार्यहरु,
१) फिप्नाको औपचारिक निर्णय बिना आफूखुसी एक वर्ष अघाडी नेपाल डे परेड ईन्क भन्ने छुट्टै संस्था दर्ता गरेको तर नेपाल डे परेड फिप्नाको सिग्नेचर कार्यक्रम हो भन्दै महाधिबेशनमा लिखित प्रतिबेदन बुझाउनु र बुलेटिनमा प्रकासित गर्ने दोहोरो चरित्र देखाएको |
२) फिप्नाले पटकपटक बैठकमा सहभागीभै छलफल गर्न सम्पूर्ण सम्पर्कको माध्यम प्रयोग गरि प्रयास गर्दा बेवास्ता गरेको |
३) फिप्ना र फिप्ना अन्तर्गत संस्थाहरुलाई बेवास्ता गर्दै नेपाल डे परेडको गतिबिधि अगाडी बढाएको |
४) परेड सम्बन्धि हिसाब किताब फिप्नालाई उपलब्ध नगरएको |
५) फिप्नाको नाममा खोलिएको बैंक एकाउन्टको डीटेल्स उपलब्ध नगराएको |
६) फिप्नाको नाममा सहयोग संकलन गर्नु तर फिप्नाको ट्याक्स आईडी प्रयोग भएको सहयोग रसिदको लेखा जोखा फिप्नालाई उपलब्ध नगराएको |
७) नेपाली महाबाणिज्य दुताबासमा गरिएको सहमति कार्यनयन नगरेको |
८) फिप्नामा रहदा र कार्यकाल सकिदै गर्दा फिप्नाको हित बिपरित कार्य गरेको |
९) अहिले पनि फिप्नाको बिरुद्ध विभिन्न कार्य गर्ने प्रयास गरेको |
१०) फिप्नाको बैंक एकाउन्टको चेक समितिको औपचारिक निर्णय बिना रबि किरण कोईरालाको हस्ताक्षरमा जारि गरिएको |

यी माथि उल्लेखित लगायत थप नगण्य गद्दारी कारणहरुले गर्दा (ईन्क) संलग्न भएको परेडमा महासंघ र महासंघको सदस्य संस्थाहरु संलग्न र सहभागी नहुने निर्णय गरिएको छ | तसर्थ महासंघ अन्तर्गतको संस्थाहरु लाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा केहि सिमित व्याक्तिहरुको निहित स्वार्थमा केन्द्रित कथित परेडमा सहभागी गराउने कार्य र संलग्न हुने कार्य दुवै वटा महासंघको बिरुध्द हुने भएकोले यस्तो कार्य प्रति महासंघ सचेत रहको छ | सो किसिमको गतिबिधि भएमा सम्बन्धित संस्था र प्रतिनिधि प्रति संघिय परिषद्मा बिशेष छलफल गरिने प्रति सम्बन्धित सबैलाई यसै पत्र मार्फत सचेत गरईन्छ |’
(सोमबार, मे १४, २०१८)
आदिवासी अभिबादन सहित,

मान बहादुर रानामगर, अध्यक्ष
प्रेम गुरुङ, महासचिब
नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका

 

त्यस्तै नेवा गुथीका अध्यक्ष धर्मेन्द्र गोपालीले पनि एक प्रेस विज्ञप्ति जारी गरेरै नेपाल परेड डे २०१८ बहिष्कार गर्ने जनाएको छ ।
गुथीले नेपाल आदिवासी जनजाति अमेरिकाले आव्हानलाई समर्थन गर्दै विभिन्न कारणले नेपाल परेड डे २०१८ बहिष्कार गरेको जनाएको छ ।
अध्यक्ष गोपालीद्धारा १४ मईका दिन जारी गरिएको विज्ञप्ति यस्तो रहेको छ

press-release

वि.सं.२०७५ जेठ २ बुधवार १८:०९ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...