युकेमा रहेकी डाक्टर लक्ष्मी राना मगरको मृत्यु भएको छ । युके मगर संघ वेम्ली मिडलेक्स शाखाका सदस्य हरि बहादुर राना मगर र श्रीमती हेम कुमारी राना मगरकी छोरी २८ वर्षे डाक्टर लक्ष्मी राना मगरको १४ मई ( बैशाख ३१ का दिन उपचारका क्रममा मृत्यु भएको हो ।
रानाको st luke’s hospiceमा उपचारका क्रममा मृत्यु भएको नेपाल मगर संघ वेम्ली मिडलेक्सका अध्यक्ष कृष्णराज रानाले बताएका छन् ।
उनले मृतक रानाको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन् ।
वि.सं.२०७५ जेठ २ बुधवार १८:४५ मा प्रकाशित






























