back
CTIZAN AD

खाना पकाउँदै गरेका मजदुरमाथि गोली प्रहार

वि.सं.२०७५ जेठ ३ बिहीवार

843 

shares

goli

२ जेठ, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मा बुधबार बेलुका एक व्यक्तिमाथि गोली प्रहार भएको छ ।

जिल्लाको दक्षिण क्षेत्र मर्चवार कोटहीमाई गाउँपालिका– १ घर भएका अन्दाजी ४१ वर्षीय रामकेश धवललाई तिलोत्तमा नगरपालिका– ५ मणिग्राममा अज्ञात समूहले गोली प्रहार गरेको हो ।

स्थानीय एक व्यक्तिको घरमा दिनभरि मजदुरी गरेर बेलुकी खाना बनाउन चुलोमा रोटी पकाउँदै गरेका बेला धवललाई आक्रमणकारीले पछाडिबाट आएर ढाडमा गोली हानेर फरार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

घाइतेलाई उपचारका लागि क्रिमसन मणिग्राममा प्राथमिक उपचारपश्चात् युनिभर्सल मेडिकल कलेज भैरहवा लगिएको प्रवक्ता पाण्डेले जानकारी दिए । घाइतेको अवस्था गम्भीर रहेको छ ।

वि.सं.२०७५ जेठ ३ बिहीवार ०८:३० मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...