back
CTIZAN AD

भारतीय सेनाको कारवाहीमा दुई पाकिस्तानी सैनिक मारिए

वि.सं.२०७३ असोज १३ बिहीवार

1.2K 

shares

१३ असोज,इस्लामाबाद (पाकिस्तान) । भारत र पाकिस्तानको सीमानामा पर्ने भारत प्रशासित क्षेत्र जम्मुकाश्मिरमा बिहीवार भारतीय र पाकिस्तानी सैनिकबीच दोहोरो गोली हानाहान हुँदा कम्तीमा दुई जना पाकिस्तानी सैनिकको मृत्यु भएको छ ।

स्थानीय समयानुसार बिहीवार बिहान २ः३० बजेबाट सुरु भएको दोहोरो भिडन्त बेलुका ८ बजेसम्म चलेको थियो । भारतीय सेनाले बिहीबारको दोहोरो हमलाबारे पुष्टि गरेको छ ।

भारतीय सेनाका लेफ्टिनेन्ट जनरल रणवीर सिंहले आतङ्कवादीको इलाकामा हमला गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

उहाँले राष्ट्र बचाउनका लागि सेनाले आफ्नो जिम्मेवारी निर्वाहका क्रममा उक्त घटना भएको बताउनुभयो ।

“सीमा नियन्त्रण रेखामा आतङ्कवादीहरु जम्मा हुँदैछन् भन्ने जानकारी पाएपछि भारतीय सेनाले बुधवार राति उनीलाई कारबाही गरेको हो ।” उहाँले भन्नुभएको छ ।

गत सेक्टेम्बर १८ भारत प्रशासित काश्मिरको गरीमा माभएका हमलामा परी १७ जना भारतीय सैनिक मारिएपछि दुई मुलुकबीच तनाव बढेको छ ।

उक्त हमलामा पाकिस्तानको हात रहेको भारतले आरोप लगाउँदै आएपनि पाकिस्तानले भने सो आरोपको खण्डन गर्दै आएको छ ।

यसअघि सन् २००३ मा यी दुई मुलुकले युद्धविरामको घोषणा गरेका थिए । रासस÷सिन्ह्वा

वि.सं.२०७३ असोज १३ बिहीवार १०:२७ मा प्रकाशित

चीनको नयाँ पाँचवर्षे स्वास्थ्य योजना : २०३० सम्म औसत आयु ८० वर्ष पुर्‍याउने लक्ष्य

चीनको नयाँ पाँचवर्षे स्वास्थ्य योजना : २०३० सम्म औसत आयु ८० वर्ष पुर्‍याउने लक्ष्य

बेइजिङ  (सिन्ह्वा) । चीनले १५ औँ पञ्चवर्षीय योजना (२०२६–२०३०) अन्तर्गत...

मेस्सीको अन्तिम विश्वकपमा अर्जेन्टिनाको भावुक बिदाइ

मेस्सीको अन्तिम विश्वकपमा अर्जेन्टिनाको भावुक बिदाइ

ब्युनस आयर्स (अर्जेन्टिना) । स्पेनसँग १–० ले पराजित हुँदै अर्जेन्टिनाले...

विश्वव्यापी एआई विकासका लागि चीनको पाँचवर्षे योजना, विकासशील राष्ट्रलाई ५ हजार तालिम अवसर

विश्वव्यापी एआई विकासका लागि चीनको पाँचवर्षे योजना, विकासशील राष्ट्रलाई ५ हजार तालिम अवसर

बेइजिङ । कृत्रिम बुद्धिमत्ता (एआई) को विश्वव्यापी विकासलाई थप गति...

अमेरिकाको लगातार आठौं रात इरानमाथि आक्रमण, इरानको जवाफी आक्रमण

अमेरिकाको लगातार आठौं रात इरानमाथि आक्रमण, इरानको जवाफी आक्रमण

काठमाडौं । अमेरिका र इरानबीचको सैन्य तनाव झन् चर्किएको छ।...

विश्वकप फाइनलमा ट्रम्पको भूमिका फेरि चर्चाको विषय

विश्वकप फाइनलमा ट्रम्पको भूमिका फेरि चर्चाको विषय

बेडमिन्स्टर । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार हुने...

जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो

जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो

दुबई । जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको...