नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं १ ले आज यहाँ आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिंहले पार्टीलाई विधानसम्मत चलाउन नेतादेखि कार्यकर्ताले विधानको पालना गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “पार्टी विधानसम्मत चलेमात्र अरु पार्टीसँग प्रतिस्पर्धा गर्न सजिलो हुन्छ ।” उहाँले पार्टीभित्रका तिक्ततालाई बिर्सेर स्थानीय निर्वाचनमा लाग्न आग्रहसमेत गर्नुभयो ।
पूर्वउपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्रीसमेत रहनुभएका नेता सिंहले कार्यकर्तालाई स्थानीय विकास निर्माणका कार्यमा जुट्न निर्देशन दिनुभयो ।
उहाँले मुलुकले राजनीतिक क्रान्ति पूरा भइसकेको भन्दै दलहरु मिलेर अब आर्थिक क्रान्तिमा लाग्नुपर्नेमा जोड दिनुभयो । रासस