back

पानी मुन्तिरको सबभन्दा गहिरो गुफा पत्ता लाग्यो

वि.सं.२०७३ असोज १५ शनिवार

666 

shares
IME Limited
NTC AD

१५ असोज, वार्सा । पोल्यान्डका अन्वेषकहरूको एउटा समूहले पानी मुन्तिर रहेको सबभन्दा गहिरो गुफा फेला पारेको दाबी गरेको छ ।

चेक गणतन्त्रको पूर्वीय नगर ह«ेनिसनजिकै रहेको तालको पानी मुन्तिर चारसय चार मिटर (एकहजार तीनसय फिट) मा विश्वको हालसम्मकै सर्वाधिक गहिराइमा रहेको उक्त गुफा फेला परेको जनाइएको छ ।

पोल्यान्डका किर्जिस्तोफ स्टार्नास्किको नेतृत्वमा गएको सो अन्वेषण टोली प्रमुखले हर्षित हुँदै अमेरिकाको एसोसिएटेड प्रेसलाई “गुफा पत्ता लाग्दा आफूलाई २१औँ शताव्दिको कोलम्बस” को अनुभूति भएको बताए ।

ह«ेनिस अबाइसको चुनढुङ्गा पाइने क्षेत्रमा अवस्थित उक्त ताल किर्जिस्तोफले १८ वर्ष अघि सन् १९९८ मै पत्ता लगाइ सकेका थिए ।

त्यस बखतको प्रयासमा गुफा फेला परेको थिएन । हाल उनले पानी मुन्तिर अन्वेषण गर्ने यन्त्र “स्कुबा” लाई पानी मुन्तिर दुईसय मिटरको गहिराइसम्म पठाई त्यस यन्त्रबाट आरओभी नामक कम्प्युटर रोबोट (अन्डर वाटर रोबोट) लाई चारसय चार मिटरको गहिराईसम्म प्रक्षेपण गरी उक्त गुफा पत्ता लगाएको समेत दाबी गरे ।

एक वर्षअघि पनि सन् २०१५ मा किर्जिस्तोफ आफैले २६५ मिटरसम्मको गहिराईमा गोता लगाई गुफा अझै गहिराईमा छ भन्ने बलियो अनुमान लगाएका थिए ।

यसभन्दा अघि इटालीको पोज्जो डेल मेर्रो विश्वको सर्वाधिक गहिराइमा रहेको गुफा भन्ने विश्वास गरिएको थियो ।

हालको अन्वेषणबाट इटालीको पोज्जो डेल मेर्रो भन्दा ह«ेनिस अबाइसको गहिराई अझ १२ मिटर (३९ फिट) गहिरो रहेको भन्ने पत्ता लागी पुरानो कीर्तिमान तोडी नयाँ कीर्तिमान कायम भएको छ । दक्षिणी पोल्यान्डको क्राकाउस्थित आफ्नो निवासबाट एपी समाचारदातासँग फोनमा कुराकानी गर्दै ४८ वर्षीय किर्जिस्तोफले बताए ।

साथै, यस अन्वेषण परियोजनाका लागि लागेको खर्चमध्ये करिब २० हजार युरो (२२ हजार चारसय चालिस अमेरिकी डलर) नेसनल जोग्राफिकले बेहोरेको खुलासा भएको छ । एपी

वि.सं.२०७३ असोज १५ शनिवार ०५:३३ मा प्रकाशित

विस्फोटक पदार्थ राखिएको हल्लापछि दिल्लीका केही विद्यालय परिसरमा प्रहरी तैनाथ

विस्फोटक पदार्थ राखिएको हल्लापछि दिल्लीका केही विद्यालय परिसरमा प्रहरी तैनाथ

नयाँदिल्ली । बमको धम्कीको सूचना पछि शुक्रबार रिचमन्ड ग्लोबल स्कुल,...

भारतमा चट्याङका कारण ३३ जनाको मृत्यु

भारतमा चट्याङका कारण ३३ जनाको मृत्यु

पटना, भारत । पूर्वी भाारतमा मनसुनी आँधीका क्रममा चट्याङ् पर्दा...

एयर इन्डिया दुर्घटना प्रकरण : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा

एयर इन्डिया दुर्घटना प्रकरण : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा

नयाँ दिल्ली ।  भारतको अहमदाबादबाट बेलायतका लागि उडेको एयर इन्डियाको...

म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु

म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु

बैङ्कक ।  म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक...

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

किभ, युक्रेन । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेंस्कीले हालै एक वक्तव्य...

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

विश्वकै धनाढ्य इलन मस्कले अमेरिकामा नयाँ पार्टी गठन गरेका छन्...