back
CTIZAN AD

पानी मुन्तिरको सबभन्दा गहिरो गुफा पत्ता लाग्यो

वि.सं.२०७३ असोज १५ शनिवार

1.1K 

shares

१५ असोज, वार्सा । पोल्यान्डका अन्वेषकहरूको एउटा समूहले पानी मुन्तिर रहेको सबभन्दा गहिरो गुफा फेला पारेको दाबी गरेको छ ।

चेक गणतन्त्रको पूर्वीय नगर ह«ेनिसनजिकै रहेको तालको पानी मुन्तिर चारसय चार मिटर (एकहजार तीनसय फिट) मा विश्वको हालसम्मकै सर्वाधिक गहिराइमा रहेको उक्त गुफा फेला परेको जनाइएको छ ।

पोल्यान्डका किर्जिस्तोफ स्टार्नास्किको नेतृत्वमा गएको सो अन्वेषण टोली प्रमुखले हर्षित हुँदै अमेरिकाको एसोसिएटेड प्रेसलाई “गुफा पत्ता लाग्दा आफूलाई २१औँ शताव्दिको कोलम्बस” को अनुभूति भएको बताए ।

ह«ेनिस अबाइसको चुनढुङ्गा पाइने क्षेत्रमा अवस्थित उक्त ताल किर्जिस्तोफले १८ वर्ष अघि सन् १९९८ मै पत्ता लगाइ सकेका थिए ।

त्यस बखतको प्रयासमा गुफा फेला परेको थिएन । हाल उनले पानी मुन्तिर अन्वेषण गर्ने यन्त्र “स्कुबा” लाई पानी मुन्तिर दुईसय मिटरको गहिराइसम्म पठाई त्यस यन्त्रबाट आरओभी नामक कम्प्युटर रोबोट (अन्डर वाटर रोबोट) लाई चारसय चार मिटरको गहिराईसम्म प्रक्षेपण गरी उक्त गुफा पत्ता लगाएको समेत दाबी गरे ।

एक वर्षअघि पनि सन् २०१५ मा किर्जिस्तोफ आफैले २६५ मिटरसम्मको गहिराईमा गोता लगाई गुफा अझै गहिराईमा छ भन्ने बलियो अनुमान लगाएका थिए ।

यसभन्दा अघि इटालीको पोज्जो डेल मेर्रो विश्वको सर्वाधिक गहिराइमा रहेको गुफा भन्ने विश्वास गरिएको थियो ।

हालको अन्वेषणबाट इटालीको पोज्जो डेल मेर्रो भन्दा ह«ेनिस अबाइसको गहिराई अझ १२ मिटर (३९ फिट) गहिरो रहेको भन्ने पत्ता लागी पुरानो कीर्तिमान तोडी नयाँ कीर्तिमान कायम भएको छ । दक्षिणी पोल्यान्डको क्राकाउस्थित आफ्नो निवासबाट एपी समाचारदातासँग फोनमा कुराकानी गर्दै ४८ वर्षीय किर्जिस्तोफले बताए ।

साथै, यस अन्वेषण परियोजनाका लागि लागेको खर्चमध्ये करिब २० हजार युरो (२२ हजार चारसय चालिस अमेरिकी डलर) नेसनल जोग्राफिकले बेहोरेको खुलासा भएको छ । एपी

वि.सं.२०७३ असोज १५ शनिवार ०५:३३ मा प्रकाशित

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...