Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

सीमाक्षेत्रका मानवीय बस्ती खाली गरियो



 १५ असोज, हक अल्लाहबक्स (भारत) । भारत अधिनस्थ काश्मिरमा पाकिस्तानले आक्रमण गरेको दोस्रो दिन भारतीय अधिकारीले पाकिस्तानी सीमा नजिकका ग्रामीण क्षेत्रमा बस्ने हजारौँ जनतालाई त्यहाँबाट अन्यत्र सारेका छन् ।   दुई देशबीच तनाव अत्यन्त चुलिएकोले सम्भावित खतराबाट सर्वसाधारण जनतालाई सुरक्षित राख्न उनीहरूलाई सार्नु परेको भारतीय अधिकारीहरूको कथन छ ।   सीमा पारीबाट हुनसक्ने बम, गोला प्रहारबाट जोगिनका लागि काश्मिरका कतिपय ग्रामीण इलाकाका बासिन्दालाई सचेत गराइएको र घर छोडी अन्यत्र जानै नसक्ने अवस्था परेमा घर बाहिर ननिस्कनसमेत सूचना गरिएको छ ।   पाकिस्तानबाट हुनसक्ने सम्भावित खतरा र गडबडीलाई दृष्टिगत गरी उत्तरी पञ्जाब राज्यमा पनि पाकिस्तानी सीमाबाट दश किलो मिटर भित्रसम्मका ग्रामीण बस्तीलाई पनि अन्यत्र सारिएको बताइन्छ ।

सारिएकाहरूलाई स्थानीय विद्यालय, गुरुद्वारा वा मन्दिरको हातामा कडा सुरक्षाबीच अस्थायी बसोबास गराइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।   आफ्नो घरबार, सरसामान बालीनाली, बस्तुभाउ माया मारी बिरानो ठाउँमा आउनु पर्दा दुःखी हुनु परे ता पनि राष्ट्रका लागि अझै दुःख झेल्न तयार भएको एक व्यक्तिले बताएका छन् ।   यसैबीच, आफ्नो सीमाक्षेत्र भित्र जबर्जस्ती प्रवेश गरेको भन्ने आरोप लगाई पाकिस्तानले बन्दी बनाएको भारतीय सैनिकलाई मुक्त गर्न भारतले हरसम्भव प्रयत्न गरिरहेको बताइएको छ । एएफपी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ