back
CTIZAN AD

सार्वजनिक यातायातमा ज्येष्ठ नागरिकलाई छुट माग

वि.सं.२०७३ असोज १६ आइतवार

1.2K 

shares

 १६ असोज,काठमाडौँ । ज्येष्ठ नागरिकलाईसार्वजनिक यातायातमा छुटको व्यवस्था गरी व्यावहारिक रूपमा कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ ।

छब्बिसौँँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा अग्रज समाज नेपालद्वारा यहाँ आज आयोजित अन्तक्र्रियामा ज्येष्ठ नागरिकले आफूले पाउँदै आएको वृद्ध भत्तामा वृद्धि गरी मासिक रु पाँच हजार पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सहायक महामन्त्री तारानाथ लुइँटेलले भएको सबै सम्पत्ति आफ्नो नाममा नामसारी गरेर बूढा बाबुआमालाई वृद्धाश्रममा राख्ने संस्कार अन्त्य गरिनुपर्नेमा जोड दिनुभयो ।

समाजका अध्यक्ष महाप्रसाद पराजुलीले ज्येष्ठ नागरिकका समस्या बारे राजनीतिक दलका नेता, प्रधानमन्त्री र मन्त्रीलाई पटक पटक ज्ञापनपत्र बुझाउँदा समेत कुनै सुनुवाइ नभएको गुनासो गर्नुभयो ।
दिवसका अवसरमा समाजले नेपाली भूमिको रक्षा गरेको भन्दै सप्तरीका देवनारायण यादवलाई सम्मान गरेको छ । ‘ज्येष्ठ नागरिकप्रति गरिने भेद्भावविरुद्ध उभिऔँ’ भन्ने मूलनाराका साथ आज विश्वभरि यो दिवस मनाइँदैछ ।
संयुक्त राष्ट्र सङ्घले सन् १९९० डिसेम्बर १४ मा अक्टुबर १(असोज १५) लाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने प्रस्ताव पारित गरेको थियो । सन् २००७ देखि नेपालले पनि यो दिवस मनाउँदै आएको छ । रासस

वि.सं.२०७३ असोज १६ आइतवार ०९:२६ मा प्रकाशित

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित

काठमाडौं । संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तका...

सानेपामा नेता श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली

सानेपामा नेता श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व उपसभापति तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको...

देवानगञ्ज घटनामा प्रधानमन्त्रीको भूमिकाप्रति गगन थापाको असन्तुष्टि

देवानगञ्ज घटनामा प्रधानमन्त्रीको भूमिकाप्रति गगन थापाको असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३...

देवानगञ्ज गोलीकाण्ड छानबिन समिति पुग्यो घटनास्थलमा, वार्तामार्फत समाधान खोज्द दलहरुको अपिल

देवानगञ्ज गोलीकाण्ड छानबिन समिति पुग्यो घटनास्थलमा, वार्तामार्फत समाधान खोज्द दलहरुको अपिल

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डको...

कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

कपिलवस्तु, । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित बहादुरगञ्ज–तौलिहवा हुलाकी सडकखण्डमा ट्रकको...

सुनसरी घटना : बदलाको भावना त्यागेर संयम अपनाउन प्रधानमन्त्री शाहको आग्रह

सुनसरी घटना : बदलाको भावना त्यागेर संयम अपनाउन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त...