Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

सार्वजनिक यातायातमा ज्येष्ठ नागरिकलाई छुट माग



 १६ असोज,काठमाडौँ । ज्येष्ठ नागरिकलाईसार्वजनिक यातायातमा छुटको व्यवस्था गरी व्यावहारिक रूपमा कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ ।

छब्बिसौँँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा अग्रज समाज नेपालद्वारा यहाँ आज आयोजित अन्तक्र्रियामा ज्येष्ठ नागरिकले आफूले पाउँदै आएको वृद्ध भत्तामा वृद्धि गरी मासिक रु पाँच हजार पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सहायक महामन्त्री तारानाथ लुइँटेलले भएको सबै सम्पत्ति आफ्नो नाममा नामसारी गरेर बूढा बाबुआमालाई वृद्धाश्रममा राख्ने संस्कार अन्त्य गरिनुपर्नेमा जोड दिनुभयो ।

समाजका अध्यक्ष महाप्रसाद पराजुलीले ज्येष्ठ नागरिकका समस्या बारे राजनीतिक दलका नेता, प्रधानमन्त्री र मन्त्रीलाई पटक पटक ज्ञापनपत्र बुझाउँदा समेत कुनै सुनुवाइ नभएको गुनासो गर्नुभयो ।
दिवसका अवसरमा समाजले नेपाली भूमिको रक्षा गरेको भन्दै सप्तरीका देवनारायण यादवलाई सम्मान गरेको छ । ‘ज्येष्ठ नागरिकप्रति गरिने भेद्भावविरुद्ध उभिऔँ’ भन्ने मूलनाराका साथ आज विश्वभरि यो दिवस मनाइँदैछ ।
संयुक्त राष्ट्र सङ्घले सन् १९९० डिसेम्बर १४ मा अक्टुबर १(असोज १५) लाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने प्रस्ताव पारित गरेको थियो । सन् २००७ देखि नेपालले पनि यो दिवस मनाउँदै आएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ