back
CTIZAN AD

नेपालमा यो वर्ष ३ अर्ब ३ करोडको मासु आयात

वि.सं.२०७३ असोज १६ आइतवार

1.6K 

shares

 meat1

काठमाडौँ। यस वर्ष नेपालमा तीन अर्ब तीन करोड ९० लाख ८७ हजार रुपैयाँ बराबरको राँगा, भैंसी खसीबोका र बाख्रा आयात भएको छ ।

भन्सार विभागले (आव ०७२÷७३) मा प्रकाशित गरेको वैदेशिक व्यापार तथ्याङ्क पुस्तकमा विश्वका दुई देश भारत र अस्ट्रेलियाबाट उक्त चौपाय मासुका लागि आयात भएको उल्लेख छ ।

भारतबाट राँगा र भैँसी दुई लाख ४७ हजार २२५, खसीबोका र बाख्रा २६ लाख ४८ हजार ५४१ र अस्ट्रेलियाबाट चार लाख ७९ हजार १३४ वटा खसीबोका र बाख्रा आयात गरिएको थियो । सबैभन्दा धेरै भारतबाट जम्मा रु तीन अर्ब ४१ लाख ९८ हजारको र अस्ट्रेलियाबाट खसीबोका र बाख्रा गरी रु तीन करोड ४८ लाख ८९ हजारको आयात भएको तथ्याङ्कमा उल्लेख छ ।

गत पुस ९ गते पशुपन्छी विकास मन्त्रालय गठन पछि मन्त्रालयले औपचारिक रुपमा यसअघि अन्डामा एक, दूधमा दुई र मासुमा तीन वर्षभित्र आत्मनिर्भर भइसक्ने जनाए पनि मासुमा परनिर्भरता बढ्दै गएको देखिन्छ । तीन महिनाअघि मन्त्रालयले सार्वजनिक गरेको ४० बुँदे प्रतिबद्धताअनुसार आगामी तीन वर्षभित्र नेपाल मासुमा आत्मनिर्भर हुने जानकारी मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेलले दिनुभयो ।

यहाँ प्रतिव्यक्ति प्रतिवर्ष ११ केजी मासु खाने गरेको पाइन्छ तर विकसित मुलुकमा १४ केजी मासु खाने चलन छ । विकसित मुलुकको दाँजोमा स्थापित हुन हाल खाइआएको मासुमा ४५ प्रतिशतले उत्पादन बढाउनुपर्ने हुन्छ । पशुपन्छी पालनको क्षेत्रबाट कुल गार्हस्थ्य उत्पानदनमा ११ प्रतिशत र कुल कृषिको गार्हस्थ्य उत्पादनमा करिब २६ दशमलव शून्य आठ प्रतिशत योगदान छ ।
परम्परादेखि चौपाया नेपालको आर्थिक विकासको मेरुदण्डको रुपमा विकास हुँदै आएकाले खरखाचोमा दूध, दही र घिउको बिक्री बढेकोे कृषि उद्यमी उद्धव अधिकारी बताउनुहुन्छ । दिगो पशुजन्य उत्पादनमा उच्च आर्थिक वृद्धिदर हासिल गर्न राष्ट्रिय पशुपन्छी पालन नीति छ महिनाभित्र कार्यान्वयनमा ल्याइने भएको छ ।

त्यसैगरी पशु स्वास्थ्य तथा पशुसेवा ऐन, पशु बधशाला तथा मासु जाँच ऐन, दाना ऐन, र बीमा ऐन परिमार्जनका साथै पशु कल्याण ऐन, पशुपन्छी व्यवसाय प्रवद्र्धन तथा बजार ऐन, पशु औषधि ऐन र पशु सरुवा रोग ऐन तर्जुमा गरी दिगो आर्थिक विकास हासिल गर्ने लक्ष्य मन्त्रालयले लिएको छ ।

पशुपालक कृषक रमेश तिमल्सिना पशुपन्छीको नस्ल सुधार, पौष्टिक दाना तथा आहाराको व्यवस्था, पशुपन्छी स्वास्थ्य सेवा एवम् उत्पादित पशुजन्य पदार्थको बजारीकरण कार्य समानान्तर रुपमा अगाडि बढाउनुपर्ने बताउनुहुन्छ ।

मासुमा मुलुक आत्मनिर्भर छैन । पुगनपुग कुखुराको मासुमा आत्मनिर्भर भए पनि माछामा ७०, राँगामा ६० र खसीबोकामा ७० प्रतिशत मासु भारतबाट आयात भइरहेको पशुपन्छी विकास विभागको तथ्याङ्कमा उल्लेख छ । विभागका अनुसार ०७१÷७२ मा माछाबाहेक कुल दुई लाख ९८ हजार दुई सय ४४ मेट्रिक टन मासु उत्पादन भएको छ । जसमध्ये राँगा÷भैँसीको एक लाख ७३ हजार ९०६, खसी बोका ५९ हजार ५३, बङ्गुर १९ हजार २६९, कुखुरा ४३ हजार १३३, भेडा÷च्याङ्ग्रा दुई हजार ६५६ र हाँस २२७ मेट्रिक टन उत्पादन भएको थियो । रासस

वि.सं.२०७३ असोज १६ आइतवार ११:१२ मा प्रकाशित

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

काठमाडौं । दोस्रो ‘नाइमा मोबिलिटी एक्स्पो‘ मंगलबार राजधानीमा भव्य उद्घाटन...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

एकै दिन छ हजारभन्दा बढीले  बढ्यो सुनको मूल्य, तोलाको कति ?

एकै दिन छ हजारभन्दा बढीले बढ्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

छोटेलालले बुझाए धितोपत्र बोर्डका अध्यक्षलाई १५ बुँदे सुझावपत्र

छोटेलालले बुझाए धितोपत्र बोर्डका अध्यक्षलाई १५ बुँदे सुझावपत्र

काठमाडौँ । नेपालको पुँजी बजारलाई सुदृढ, व्यवस्थित र दिगो बनाउन...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...