back

नेपालमा यो वर्ष ३ अर्ब ३ करोडको मासु आयात

वि.सं.२०७३ असोज १६ आइतवार

729 

shares
GLOBAL IME AD
NTC AD

 meat1

काठमाडौँ। यस वर्ष नेपालमा तीन अर्ब तीन करोड ९० लाख ८७ हजार रुपैयाँ बराबरको राँगा, भैंसी खसीबोका र बाख्रा आयात भएको छ ।

भन्सार विभागले (आव ०७२÷७३) मा प्रकाशित गरेको वैदेशिक व्यापार तथ्याङ्क पुस्तकमा विश्वका दुई देश भारत र अस्ट्रेलियाबाट उक्त चौपाय मासुका लागि आयात भएको उल्लेख छ ।

भारतबाट राँगा र भैँसी दुई लाख ४७ हजार २२५, खसीबोका र बाख्रा २६ लाख ४८ हजार ५४१ र अस्ट्रेलियाबाट चार लाख ७९ हजार १३४ वटा खसीबोका र बाख्रा आयात गरिएको थियो । सबैभन्दा धेरै भारतबाट जम्मा रु तीन अर्ब ४१ लाख ९८ हजारको र अस्ट्रेलियाबाट खसीबोका र बाख्रा गरी रु तीन करोड ४८ लाख ८९ हजारको आयात भएको तथ्याङ्कमा उल्लेख छ ।

गत पुस ९ गते पशुपन्छी विकास मन्त्रालय गठन पछि मन्त्रालयले औपचारिक रुपमा यसअघि अन्डामा एक, दूधमा दुई र मासुमा तीन वर्षभित्र आत्मनिर्भर भइसक्ने जनाए पनि मासुमा परनिर्भरता बढ्दै गएको देखिन्छ । तीन महिनाअघि मन्त्रालयले सार्वजनिक गरेको ४० बुँदे प्रतिबद्धताअनुसार आगामी तीन वर्षभित्र नेपाल मासुमा आत्मनिर्भर हुने जानकारी मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेलले दिनुभयो ।

यहाँ प्रतिव्यक्ति प्रतिवर्ष ११ केजी मासु खाने गरेको पाइन्छ तर विकसित मुलुकमा १४ केजी मासु खाने चलन छ । विकसित मुलुकको दाँजोमा स्थापित हुन हाल खाइआएको मासुमा ४५ प्रतिशतले उत्पादन बढाउनुपर्ने हुन्छ । पशुपन्छी पालनको क्षेत्रबाट कुल गार्हस्थ्य उत्पानदनमा ११ प्रतिशत र कुल कृषिको गार्हस्थ्य उत्पादनमा करिब २६ दशमलव शून्य आठ प्रतिशत योगदान छ ।
परम्परादेखि चौपाया नेपालको आर्थिक विकासको मेरुदण्डको रुपमा विकास हुँदै आएकाले खरखाचोमा दूध, दही र घिउको बिक्री बढेकोे कृषि उद्यमी उद्धव अधिकारी बताउनुहुन्छ । दिगो पशुजन्य उत्पादनमा उच्च आर्थिक वृद्धिदर हासिल गर्न राष्ट्रिय पशुपन्छी पालन नीति छ महिनाभित्र कार्यान्वयनमा ल्याइने भएको छ ।

त्यसैगरी पशु स्वास्थ्य तथा पशुसेवा ऐन, पशु बधशाला तथा मासु जाँच ऐन, दाना ऐन, र बीमा ऐन परिमार्जनका साथै पशु कल्याण ऐन, पशुपन्छी व्यवसाय प्रवद्र्धन तथा बजार ऐन, पशु औषधि ऐन र पशु सरुवा रोग ऐन तर्जुमा गरी दिगो आर्थिक विकास हासिल गर्ने लक्ष्य मन्त्रालयले लिएको छ ।

पशुपालक कृषक रमेश तिमल्सिना पशुपन्छीको नस्ल सुधार, पौष्टिक दाना तथा आहाराको व्यवस्था, पशुपन्छी स्वास्थ्य सेवा एवम् उत्पादित पशुजन्य पदार्थको बजारीकरण कार्य समानान्तर रुपमा अगाडि बढाउनुपर्ने बताउनुहुन्छ ।

मासुमा मुलुक आत्मनिर्भर छैन । पुगनपुग कुखुराको मासुमा आत्मनिर्भर भए पनि माछामा ७०, राँगामा ६० र खसीबोकामा ७० प्रतिशत मासु भारतबाट आयात भइरहेको पशुपन्छी विकास विभागको तथ्याङ्कमा उल्लेख छ । विभागका अनुसार ०७१÷७२ मा माछाबाहेक कुल दुई लाख ९८ हजार दुई सय ४४ मेट्रिक टन मासु उत्पादन भएको छ । जसमध्ये राँगा÷भैँसीको एक लाख ७३ हजार ९०६, खसी बोका ५९ हजार ५३, बङ्गुर १९ हजार २६९, कुखुरा ४३ हजार १३३, भेडा÷च्याङ्ग्रा दुई हजार ६५६ र हाँस २२७ मेट्रिक टन उत्पादन भएको थियो । रासस

वि.सं.२०७३ असोज १६ आइतवार ११:१२ मा प्रकाशित

अवैध विद्युतीय चुरोट ल्याउनेलाई कारबाही गर्न सांसदहरुको माग

अवैध विद्युतीय चुरोट ल्याउनेलाई कारबाही गर्न सांसदहरुको माग

काठमाडौं । सांसदहरुले तातोपानी भन्सारबाट काठमाडौं आउँदै गरेको गाडीमा अवैध...

यस वर्ष पाँच सय युवालाई ‘स्टार्टअप’ ऋण सहायता दिइने

यस वर्ष पाँच सय युवालाई ‘स्टार्टअप’ ऋण सहायता दिइने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई उद्यमशील बनाउन ‘स्टार्टअप’...

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको...

आजको तरकारी र फलफूलको थोक मूल्य यस्तो छ

आजको तरकारी र फलफूलको थोक मूल्य यस्तो छ

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

पछिल्लो आठ महिनामा थपियो दुई खर्ब ४१ अर्ब ९३ करोड सरकारी ऋण

पछिल्लो आठ महिनामा थपियो दुई खर्ब ४१ अर्ब ९३ करोड सरकारी ऋण

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा सरकारले...

नेप्से निरन्तर ओरालोतिर

नेप्से निरन्तर ओरालोतिर

काठमाडौँ । शेयर बजारमा निरन्तर गिरावट आएको छ । यो...