Logo
१५ चैत्र २०७९, बुधबार
     Wed Mar 29 2023
E-paper
  English Edition
   Unicode
Logo

भारतको झारखण्डमा प्रहरीको गोलीबाट चारको मृत्यु



१६ असोज,नयाँ दिल्ली । पूर्वी भारतको झारखण्ड राज्यमा प्रहरीले गोली प्रहारबाट चार गाउँलेको मृत्यु भएको छ ।

यस घटनामा परी प्रहरीअधिकारीसहित १२ भन्दाबढी घाइते भएका सरकारी अधिकारीहरुले आइतबार जनाएका छन् ।

‘नेसनल थर्मल पावर कर्पोरेसन’ स्थापना गर्न लागिएको विरुद्धमा स्थानीयबासीले गरेको आन्दोलन क्रममा प्रहरीद्वारा जारी कारबाहीमा ती सर्वसाधारणको मृत्यु भएको बताइएको छ ।

झारखण्ड राज्यको प्रान्तीय राजधानी राँचीदेखि ८० किलोमिटर उत्तरतर्फ हजारीबाघ जिल्लाको बार्कागाओन क्षेत्रमा सो घटना भएको हो । सो आन्दोलनको काँग्रेस पार्टीका सांसदले नेतृत्व गरेका थिए ।

स्थानीय सञ्चार माध्यमहरुका अनुसार सो कर्पोरेसनका विरुद्धमा सन् २००४ देखि आन्दोलन हुदैआएको थियो । रासस÷सिन्ह्वा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ

काठमाडौँ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम