back

अमेरिकामा छक्का पन्जाको किर्तिमान

वि.सं.२०७३ असोज १७ सोमवार

702 

shares
GLOBAL IME AD
NTC AD

chakka-4

विजय थापा ,वाशिंगटन डीसी । भारतका महात्मा गान्धीको जन्म दिवसको अवसर पारेर अमेरिकाको डीसी महानगर क्षेत्रमा प्रदर्शन अक्टोबर २ तारिखमा प्रदर्शन गरिएको नेपाली चलचित्र छक्का पन्जाले नया किर्तिमान कायम गर्न सफल भएको छ ।
दर्शक संग गरिएको अन्तरवार्ता तथा आयोजक संग गरिएको कुराकानी अनुसार चलचित्रलाई राम्रो कथा वस्तु दिन सक्यो भने चलचित्र आफै चल्ने अधिकाशंले बताए ।

अमेरिकाको डिसि महानगर क्षेत्रमा प्रदर्शन गरिएको बिगतका थुप्रै नेपाली चलचित्र मध्ये सबै लाई उछिन्दै ४ सय २० दर्शक हेर्ने स्थान भएको चलचित्र कक्ष पुरै भरिएर मानिस उभिएर र अतिरिक्त कुर्सि समेत लगाएर हेर्नु परेको अवस्था भएको छ । टिकट सबै बिकेको आयोजकले बताए ।

चलचित्र शुरु भएको १ घण्टा पछि पनि दर्शक हेर्न आउदै गरेका थिए भने सबै वर्गका दर्शक चलचित्र राम्रो भएको सुनेर आएका बताएका थिए । बिगतमा प्रदर्शन गरिएका चलचित्र हेर्न दर्शकलाई प्रतिक्षा गर्नु पर्ने अवस्था रहेता पनि आज प्रदर्सन गरिएको छक्का पन्जाले नौला किर्तिमान गरेको छ ।
दर्शकले चलचित्रले सबै कुरा समेटेको भन्दै खुब हास्न पाईएकोमा दंग पर्दै अब नेपाली चलचित्र राम्रो बन्न लागेकोमा खुशी ब्यक्त गरेका छन् ।

दर्शकले कलाकार निर्देशक दीपाश्री निरौला तथा दिपक गिरिले ज्यादै मेहनत गरेर बनाएकोले यस्तै चलचित्र हेर्न पाईयोस भनि आग्रह समेत गरेका छन् ।

वि.सं.२०७३ असोज १७ सोमवार ०३:४४ मा प्रकाशित

जनसम्पर्क समिति नर्वेको अध्यक्षमा पारसमणि मिश्र निर्वाचित

जनसम्पर्क समिति नर्वेको अध्यक्षमा पारसमणि मिश्र निर्वाचित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन नयाँ कार्यसमिति निर्वाीचत गर्दै...

नेपलीज कम्युनिटी पारदिल्हो पोर्चुगलले मनायो नयाँवर्ष

नेपलीज कम्युनिटी पारदिल्हो पोर्चुगलले मनायो नयाँवर्ष

पोर्चुगल । नेपलीज कम्युनिटी पारदिल्हो पोर्चुगलले विभिन्न कार्यक्रमहरुको आयोजना गरी...

नयाँ वर्षमा एनआरएनए नाइजेरियाद्वारा कल्याणकारी कोष’ स्थापना

नयाँ वर्षमा एनआरएनए नाइजेरियाद्वारा कल्याणकारी कोष’ स्थापना

लेगोस, नाइजेरिया । गैरआवासीय नेपाली संघ नाइजेरियाले नयाँ बर्ष २०८२...

स्पन्दन विनोदका दुई शोक काव्य आयरल्याण्डमा विमोचन

स्पन्दन विनोदका दुई शोक काव्य आयरल्याण्डमा विमोचन

आयल्याण्ड । प्रवासमा रहेर पनि नेपाली साहित्यमा निरन्तर लाग्दै आएका...

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नाइजेरिया शाखा गठन

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नाइजेरिया शाखा गठन

लेगोस, नाइजेरिया । अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नाइजेरिया शाखाको गठन...

स्वास्थ्यमन्त्री पौडेलद्वारा जिपीके फाउन्डेशन अमेरीका कार्यालयको भ्रमण

स्वास्थ्यमन्त्री पौडेलद्वारा जिपीके फाउन्डेशन अमेरीका कार्यालयको भ्रमण

नेपाल सरकारका स्वास्थ्य एवं जनसंख्या मन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली...