back
CTIZAN AD

अमेरिकामा छक्का पन्जाको किर्तिमान

वि.सं.२०७३ असोज १७ सोमवार

2K 

shares

chakka-4

विजय थापा ,वाशिंगटन डीसी । भारतका महात्मा गान्धीको जन्म दिवसको अवसर पारेर अमेरिकाको डीसी महानगर क्षेत्रमा प्रदर्शन अक्टोबर २ तारिखमा प्रदर्शन गरिएको नेपाली चलचित्र छक्का पन्जाले नया किर्तिमान कायम गर्न सफल भएको छ ।
दर्शक संग गरिएको अन्तरवार्ता तथा आयोजक संग गरिएको कुराकानी अनुसार चलचित्रलाई राम्रो कथा वस्तु दिन सक्यो भने चलचित्र आफै चल्ने अधिकाशंले बताए ।

अमेरिकाको डिसि महानगर क्षेत्रमा प्रदर्शन गरिएको बिगतका थुप्रै नेपाली चलचित्र मध्ये सबै लाई उछिन्दै ४ सय २० दर्शक हेर्ने स्थान भएको चलचित्र कक्ष पुरै भरिएर मानिस उभिएर र अतिरिक्त कुर्सि समेत लगाएर हेर्नु परेको अवस्था भएको छ । टिकट सबै बिकेको आयोजकले बताए ।

चलचित्र शुरु भएको १ घण्टा पछि पनि दर्शक हेर्न आउदै गरेका थिए भने सबै वर्गका दर्शक चलचित्र राम्रो भएको सुनेर आएका बताएका थिए । बिगतमा प्रदर्शन गरिएका चलचित्र हेर्न दर्शकलाई प्रतिक्षा गर्नु पर्ने अवस्था रहेता पनि आज प्रदर्सन गरिएको छक्का पन्जाले नौला किर्तिमान गरेको छ ।
दर्शकले चलचित्रले सबै कुरा समेटेको भन्दै खुब हास्न पाईएकोमा दंग पर्दै अब नेपाली चलचित्र राम्रो बन्न लागेकोमा खुशी ब्यक्त गरेका छन् ।

दर्शकले कलाकार निर्देशक दीपाश्री निरौला तथा दिपक गिरिले ज्यादै मेहनत गरेर बनाएकोले यस्तै चलचित्र हेर्न पाईयोस भनि आग्रह समेत गरेका छन् ।

वि.सं.२०७३ असोज १७ सोमवार ०३:४४ मा प्रकाशित

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...