back
CTIZAN AD

फार्क सम्झौताको विपक्षमा बहुमत आएपछि अन्योल

वि.सं.२०७३ असोज १७ सोमवार

1.2K 

shares

१७ असोज,बोगोटा । कोलम्बियाको विद्रोही समूह रेभोलुसनरी आम्र्ड फोर्स अफ कोलम्बिया (फार्क) सँग हालै सरकारले गरेको शान्ति सम्झौता स्वीकार्य छ वा छैन भन्ने विषयमा आईतबार सम्पन्न जनमत सङग्रहको विपक्षमा वहुमत परेपछि सो सम्झौताको भविष्य अन्यौलमा परेको छ ।

जनमत सङ्ग्रहका लागि भएको मतदानमा ५२.२ प्रतिशत मतदाताले संझौताको विपक्षमा भोट हालेका छन् भने वाँकी ४९.८ प्रतिशतले भने यसको पक्षमै मतदान गरेको राष्ट्रिय नागरीक अभिलेख संस्थाको वेबसाइटले जनाएको छ।

जनमत सङ्ग्रह शुरुहुनुभन्दा केही हप्ता पहिले देखि नै “स्वीकार्य हुन्छ” भन्ने पक्षमा कमसेकम दुई तिहाई मत पक्कै आउँछ भन्ने ब्यापक अडकलबाजी गरिएकोमा झिनो (शुन्य दसमलब चार प्रतिशत) को अन्तरले “शान्ति सम्झौता स्वीकार्य छैन” भन्ने पक्षको विजय भए पनि अर्को पक्षधरहरुलाई बेवास्ता गर्न नहुने आवाज उठि रहेको छ ।

जनमतसंग्रहको परिणाम बारे तत्कालै प्रतिक्रिया व्यक्त गर्दै राष्ट्रपति जुआँ म्यानुएल सान्तोस र फार्क विद्रोही समूहले सम्झौता अस्वीकार गर्नु परे तापनि शान्ति प्रक्रिया खल्बलिन नदिई युद्ध विरामलाई भने कायमै राख्ने प्रतिज्ञा गरेका छन् ।

राष्ट्रपति सान्तोसले सम्झौताको पक्ष र विपक्षमा मतदान गर्ने दुवैको मतको बिना भेदभाव सम्मान गर्ने बताउँदै समर्थक र विरोधी दुबैथरीलाई वार्तामा आउन समेत आह्वान गर्नुभयो ।

यता, क्युबाको राजधानी हवानाबाट एक सन्देश पठाउँदै फार्क नेता टिमोलिओन जिमेनेजले जनमत सङग्रहको आजको परिणामले कोलम्बियामा युद्ध र रक्तपात चाहनेहरु विजयी भएको प्रतिक्रिया दिएका छन् ।

युद्ध र रक्तपात पिपासुहरुले सर्वसाधारण कोलम्बियालीहरु आफ्नो प्रभावमा पारेको तथा परिवर्तनको पक्षधर बहूसंख्यक जनसमुदाय उपर घृणा र द्वेष प्रकट गर्न खोजेको भन्नते उनको भनाई रहेको छ ।

राष्ट्रपति सान्तोसको अथक प्रयासमा गतः हप्ता हस्ताक्षरित भएको उक्त सम्झौता कार्यान्वयन गर्नुअघि जनताबाट अनुमोदित हुनुपर्ने प्रावधान राखिए अनुसार जनमत सङग्रह सम्पन्न गरिएको हो ।

५२ वर्षको गृहयुद्धपछि फार्क विद्रोहीहरुले हतियार बिसाउँदै राजनीतिक प्रकियामा आउन सहमति जनाएका थिए । रासस/सिन्ह्वा

वि.सं.२०७३ असोज १७ सोमवार ०९:१७ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...