back

फार्क सम्झौताको विपक्षमा बहुमत आएपछि अन्योल

वि.सं.२०७३ असोज १७ सोमवार

723 

shares
IME Limited
NTC AD

१७ असोज,बोगोटा । कोलम्बियाको विद्रोही समूह रेभोलुसनरी आम्र्ड फोर्स अफ कोलम्बिया (फार्क) सँग हालै सरकारले गरेको शान्ति सम्झौता स्वीकार्य छ वा छैन भन्ने विषयमा आईतबार सम्पन्न जनमत सङग्रहको विपक्षमा वहुमत परेपछि सो सम्झौताको भविष्य अन्यौलमा परेको छ ।

जनमत सङ्ग्रहका लागि भएको मतदानमा ५२.२ प्रतिशत मतदाताले संझौताको विपक्षमा भोट हालेका छन् भने वाँकी ४९.८ प्रतिशतले भने यसको पक्षमै मतदान गरेको राष्ट्रिय नागरीक अभिलेख संस्थाको वेबसाइटले जनाएको छ।

जनमत सङ्ग्रह शुरुहुनुभन्दा केही हप्ता पहिले देखि नै “स्वीकार्य हुन्छ” भन्ने पक्षमा कमसेकम दुई तिहाई मत पक्कै आउँछ भन्ने ब्यापक अडकलबाजी गरिएकोमा झिनो (शुन्य दसमलब चार प्रतिशत) को अन्तरले “शान्ति सम्झौता स्वीकार्य छैन” भन्ने पक्षको विजय भए पनि अर्को पक्षधरहरुलाई बेवास्ता गर्न नहुने आवाज उठि रहेको छ ।

जनमतसंग्रहको परिणाम बारे तत्कालै प्रतिक्रिया व्यक्त गर्दै राष्ट्रपति जुआँ म्यानुएल सान्तोस र फार्क विद्रोही समूहले सम्झौता अस्वीकार गर्नु परे तापनि शान्ति प्रक्रिया खल्बलिन नदिई युद्ध विरामलाई भने कायमै राख्ने प्रतिज्ञा गरेका छन् ।

राष्ट्रपति सान्तोसले सम्झौताको पक्ष र विपक्षमा मतदान गर्ने दुवैको मतको बिना भेदभाव सम्मान गर्ने बताउँदै समर्थक र विरोधी दुबैथरीलाई वार्तामा आउन समेत आह्वान गर्नुभयो ।

यता, क्युबाको राजधानी हवानाबाट एक सन्देश पठाउँदै फार्क नेता टिमोलिओन जिमेनेजले जनमत सङग्रहको आजको परिणामले कोलम्बियामा युद्ध र रक्तपात चाहनेहरु विजयी भएको प्रतिक्रिया दिएका छन् ।

युद्ध र रक्तपात पिपासुहरुले सर्वसाधारण कोलम्बियालीहरु आफ्नो प्रभावमा पारेको तथा परिवर्तनको पक्षधर बहूसंख्यक जनसमुदाय उपर घृणा र द्वेष प्रकट गर्न खोजेको भन्नते उनको भनाई रहेको छ ।

राष्ट्रपति सान्तोसको अथक प्रयासमा गतः हप्ता हस्ताक्षरित भएको उक्त सम्झौता कार्यान्वयन गर्नुअघि जनताबाट अनुमोदित हुनुपर्ने प्रावधान राखिए अनुसार जनमत सङग्रह सम्पन्न गरिएको हो ।

५२ वर्षको गृहयुद्धपछि फार्क विद्रोहीहरुले हतियार बिसाउँदै राजनीतिक प्रकियामा आउन सहमति जनाएका थिए । रासस/सिन्ह्वा

वि.सं.२०७३ असोज १७ सोमवार ०९:१७ मा प्रकाशित

एयर इन्डिया दुर्घटना प्रकरण : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा

एयर इन्डिया दुर्घटना प्रकरण : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा

नयाँ दिल्ली ।  भारतको अहमदाबादबाट बेलायतका लागि उडेको एयर इन्डियाको...

म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु

म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु

बैङ्कक ।  म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक...

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

किभ, युक्रेन । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेंस्कीले हालै एक वक्तव्य...

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

विश्वकै धनाढ्य इलन मस्कले अमेरिकामा नयाँ पार्टी गठन गरेका छन्...

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले...

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको  विश्व वैंकको गम्भीर चेतावनी

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको  विश्व वैंकको गम्भीर चेतावनी

वासिङ्टन । विश्व बैंकले एक नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै...