Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

विवाद भएपछि काँग्रेस खोटाङ–काठमाडौँ सम्पर्क समितिको कार्यक्रम स्थगन



१८ असोज, काठमाडौँ । नेपाली काँग्रेस खोटाङ–काठमाडौँ सम्पर्क समितिको विवादका कारण सोमबार आयोजित शुभकामना आदानप्रदान तथा भेला स्थगन भएको छ ।

श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङको आतिथ्यतामा आयोजित भेलामा जिल्ला सभापति नरेशकुमार श्रेष्ठले बिनापरामर्श समितिमा शम्भु कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति प्रस्ताव गरेपछि असन्तुष्ट पक्षले ब्यानर च्यात्नाका साथै कुर्सी फालेका थिए । तनाव उत्पन्न भएपछि कार्यक्रमका वक्ताले सम्बोधन गर्न पाएनन् ।

समितिका प्रस्तावित अध्यक्ष कार्कीले भने आफूहरुले विधिवत् भेला गरेको र सहमतिमा नयाँ समिति गठन गरेको जिकिर गर्नुभयो । अघिल्लो अधिवेशनबाट निर्वाचित वैधानिक अध्यक्ष राजन दाहाललाई जानकारी नदिई कार्यक्रम गरेको जनाउँदै असन्तुष्टि बढेको हो । विवादका बीच कार्यक्रम गरिएको भन्दै पूर्वमन्त्री सर्वधन राई भने कार्यक्रममा सहभागी हुनुभएको थिएन । समितिभित्रको विवादलाई सहमति र परामर्शका आधारमा निक्र्याेल गर्नुपर्ने पार्टीका पूर्वमहाधिवेशन प्रतिनिधि रोजन राईले बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ