back
CTIZAN AD

विवाद भएपछि काँग्रेस खोटाङ–काठमाडौँ सम्पर्क समितिको कार्यक्रम स्थगन

वि.सं.२०७३ असोज १८ मंगलवार

1.3K 

shares

१८ असोज, काठमाडौँ । नेपाली काँग्रेस खोटाङ–काठमाडौँ सम्पर्क समितिको विवादका कारण सोमबार आयोजित शुभकामना आदानप्रदान तथा भेला स्थगन भएको छ ।

श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङको आतिथ्यतामा आयोजित भेलामा जिल्ला सभापति नरेशकुमार श्रेष्ठले बिनापरामर्श समितिमा शम्भु कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति प्रस्ताव गरेपछि असन्तुष्ट पक्षले ब्यानर च्यात्नाका साथै कुर्सी फालेका थिए । तनाव उत्पन्न भएपछि कार्यक्रमका वक्ताले सम्बोधन गर्न पाएनन् ।

समितिका प्रस्तावित अध्यक्ष कार्कीले भने आफूहरुले विधिवत् भेला गरेको र सहमतिमा नयाँ समिति गठन गरेको जिकिर गर्नुभयो । अघिल्लो अधिवेशनबाट निर्वाचित वैधानिक अध्यक्ष राजन दाहाललाई जानकारी नदिई कार्यक्रम गरेको जनाउँदै असन्तुष्टि बढेको हो । विवादका बीच कार्यक्रम गरिएको भन्दै पूर्वमन्त्री सर्वधन राई भने कार्यक्रममा सहभागी हुनुभएको थिएन । समितिभित्रको विवादलाई सहमति र परामर्शका आधारमा निक्र्याेल गर्नुपर्ने पार्टीका पूर्वमहाधिवेशन प्रतिनिधि रोजन राईले बताउनुभयो ।

वि.सं.२०७३ असोज १८ मंगलवार ०३:४४ मा प्रकाशित

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा...