back
CTIZAN AD

अफगानिस्तान घटनामा ज्यान गुमाएकाका परिवारद्धारा क्षतिपूर्ति  माग

वि.सं.२०७३ असोज १८ मंगलवार

1K 

shares

१८ असोज, काठमाडौँ । आतङ्ककारी हमलामा परी अफगानिस्तान काबुलमा मृत्यु भएकाका आफन्त र घाइतेले क्यानडा सरकारसँग क्षतिपूर्ति उपलब्ध गराउन पहल गरिदिन सरकारसंग माग गरेका छन् ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा सो घटनाका मृतकका आफन्त तथा घाइतेका परिवारले सरकारले अहिलेसम्म पीडितका बारेमा कुनै चासो नदेखाएको आरोप लगाए । झन्डै तीन महिनाअघि काबुलमा सो घटना घटेका थिए ।

घटनाका घाइते अमृत रोका क्षेत्रीले त्यहाँ क्यानडा सरकारका लागि नेपाली कामदारले काम गर्दा भएको उक्त घटनामा घाइते भएका तथा मृत्यु भएकाका परिवारलाई अहिलेसम्म राहत तथा आर्थिक सहयोग उपलब्ध हुन नसकेकाले सरकारलाई ठोस पहल गरिदिन माग गर्नुभयो ।

सोही घटनाका अर्का घाइते मोहनबहादुर थापाले घटनाका पीडितलाई उचित क्षतिपूर्ति तथा मृतकका आफन्तलाई नियमानुसार सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

मृतक विदुर सुवेदीकी श्रीमती गङ्गाले तीन महिनादेखि सहयोगका लागि सरकारी कार्यालय धाए पनि कर्मचारीले राम्रो व्यवहार नगरेको आरोप लगाउँदै पीडकलाई झन पीडा थप्ने काम गर्न नहुने विचार राख्नुभयो ।

क्यानडा मामिला अध्ययनसम्बन्धी संस्थाका प्रमुख दीपकमोहन भट्टराईले मृतकका आफन्तलाई र घाइतेलाई क्यानडा सरकारको तर्फबाट थप क्षतिपूर्ति दिलाउन आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै आवश्यक भए क्यानडामै कानुनी लडाइँ लड्ने वातावरण पनि मिलाइने बताउनुभयो ।

वि.सं.२०७३ असोज १८ मंगलवार ०३:४६ मा प्रकाशित

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि...

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...