back
CTIZAN AD

नमस्ते पाल्पा परिवार कोरियाद्वारा गायक पंगेनीलाई सम्मान

वि.सं.२०७३ असोज १८ मंगलवार

2.3K 

shares

korea1

नमस्ते पाल्पा परिवार कोरियाले राष्ट्रिय लोकदोहोरि प्रतिष्ठानका अध्यक्ष तथा लोक दोहोरी गायक बद्रि पंगेनीलाई सम्मान गरेको छ ।
दक्षिण कोरियाको छाङवनस्थित सुवनमा रहेको  स्वयम्भु रेष्टुरेण्टमा बहुदेशिक बहुसांस्कृतिक कार्यक्रमको लागि नेपालको तर्फबाट नेपालको प्रतिनिधित्व गर्न दक्षिण कोरिया आईपुग्नु भएका गायक पंगेनीलाई नमस्ते पाल्पा परिवार कोरियाले भव्य स्वागत गरेको हो ।
बिदेशको ब्यस्त समयको बाबजुद पनि नेपालीहरुको बाक्लो उपस्थितिमा गरेको कार्यक्रममा प्रमुख अतिथिबाट बोल्दै बरिष्ठ लोकदोहोरी गायक पंगेनीले यसरी प्रदेशी भुमिमा पनि एकजुट भई पाल्पालीहरुले खोलेको संस्थाबाट सम्मानित हुन पाउदा सार्है खुशि लागेको कुरा ब्यक्त गर्नु भएको थियो । उहाँले संस्थाको प्रगतिको कामना गर्नुका साथै राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको अध्यक्ष भएपछि बिदेशमा यो सम्मान पहिलो रहेको भन्दै संस्थाले गरेको यो सम्मान कदापि नभुल्ने बताउनुभयो ।

korea2
यस्तै अतिथिहरु नमस्ते पाल्पा परिवारका सल्लाहकार राजु रसाली र ओएनएफ दक्षिण कोरियाको अध्यक्ष शालिक बस्यालले लोक गितमा देखिएका बिकृति बिसंगतिलाई हटाउन सुझाब दिनुहुदै संस्थाभित्र रहुन्जेल राजनितिबाट टाढा रहि शुद्ध लोकगीतमा रहन सुझाब दिनुभयो ।
त्यस्तै संस्थाका अध्यक्ष तथा सम्मान कार्यक्रमका अध्यक्ष सुशिल गाहा मगरले बिदेशमा रहेर पनि पाल्पाली कलाकारहरु बिदेशमा रहेर पनि सम्मान गर्न पाउनु खुशिको कुरा बताउदै भर्खरै राष्टिय दोहोरी गित प्रतिष्ठानको अध्यक्ष जस्तो गरिमामय पदमा निर्बाचित हुनुभएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्नु भयो ।
कार्यक्रममा गायक बद्री पंगेनीले मिठो गित पस्कदै उपस्थित सबैलाई मनोरन्जन दिदै सबैलाई कम्मर मर्काई मर्काई नचाउनु भईको थियो । उक्त कार्यक्रम संस्थाको सचिव मदन कुमार थापाको स्वागत मन्तब्य र सदस्य कपिल कार्किको संचालनमा सम्पन्न भएको थियो ।

वि.सं.२०७३ असोज १८ मंगलवार १२:२८ मा प्रकाशित

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...