Logo
१५ आश्विन २०८०, सोमबार
     Mon Oct 2 2023
E-paper
  English Edition
   Unicode
Logo

नमस्ते पाल्पा परिवार कोरियाद्वारा गायक पंगेनीलाई सम्मान



korea1

नमस्ते पाल्पा परिवार कोरियाले राष्ट्रिय लोकदोहोरि प्रतिष्ठानका अध्यक्ष तथा लोक दोहोरी गायक बद्रि पंगेनीलाई सम्मान गरेको छ ।
दक्षिण कोरियाको छाङवनस्थित सुवनमा रहेको  स्वयम्भु रेष्टुरेण्टमा बहुदेशिक बहुसांस्कृतिक कार्यक्रमको लागि नेपालको तर्फबाट नेपालको प्रतिनिधित्व गर्न दक्षिण कोरिया आईपुग्नु भएका गायक पंगेनीलाई नमस्ते पाल्पा परिवार कोरियाले भव्य स्वागत गरेको हो ।
बिदेशको ब्यस्त समयको बाबजुद पनि नेपालीहरुको बाक्लो उपस्थितिमा गरेको कार्यक्रममा प्रमुख अतिथिबाट बोल्दै बरिष्ठ लोकदोहोरी गायक पंगेनीले यसरी प्रदेशी भुमिमा पनि एकजुट भई पाल्पालीहरुले खोलेको संस्थाबाट सम्मानित हुन पाउदा सार्है खुशि लागेको कुरा ब्यक्त गर्नु भएको थियो । उहाँले संस्थाको प्रगतिको कामना गर्नुका साथै राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको अध्यक्ष भएपछि बिदेशमा यो सम्मान पहिलो रहेको भन्दै संस्थाले गरेको यो सम्मान कदापि नभुल्ने बताउनुभयो ।

korea2
यस्तै अतिथिहरु नमस्ते पाल्पा परिवारका सल्लाहकार राजु रसाली र ओएनएफ दक्षिण कोरियाको अध्यक्ष शालिक बस्यालले लोक गितमा देखिएका बिकृति बिसंगतिलाई हटाउन सुझाब दिनुहुदै संस्थाभित्र रहुन्जेल राजनितिबाट टाढा रहि शुद्ध लोकगीतमा रहन सुझाब दिनुभयो ।
त्यस्तै संस्थाका अध्यक्ष तथा सम्मान कार्यक्रमका अध्यक्ष सुशिल गाहा मगरले बिदेशमा रहेर पनि पाल्पाली कलाकारहरु बिदेशमा रहेर पनि सम्मान गर्न पाउनु खुशिको कुरा बताउदै भर्खरै राष्टिय दोहोरी गित प्रतिष्ठानको अध्यक्ष जस्तो गरिमामय पदमा निर्बाचित हुनुभएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्नु भयो ।
कार्यक्रममा गायक बद्री पंगेनीले मिठो गित पस्कदै उपस्थित सबैलाई मनोरन्जन दिदै सबैलाई कम्मर मर्काई मर्काई नचाउनु भईको थियो । उक्त कार्यक्रम संस्थाको सचिव मदन कुमार थापाको स्वागत मन्तब्य र सदस्य कपिल कार्किको संचालनमा सम्पन्न भएको थियो ।


-->

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

खेमराज गौतम, ढोरपाटन (बागलुङ) । नेपाल उद्योग वाणिज्य महासङ्घले हाल शिथिल जस्तो देखिएको मुलुकको

काठमाडौँ । वरिष्ठ पत्रकार याम शर्मा पौडेलको निधन भएको छ । ७० बर्षको उमेरमा

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाका ५३ वर्षीय चन्द्रकान्त डुम्रेले मौसमी तथा बेमौसमी