back

“सर्वसम्मतमा भारती गौतम, धर्म सङ्कटमा गोवरधन पूजा, र अनेसास नेतृत्वबाट अलविदा राधेश्याम लेकाली ।”

वि.सं.२०७५ असार १२ मंगलवार

318 

shares
GLOBAL IME AD
NTC AD

क उवाचः “दिदी आउनु हुन्छ भन्ने जानेको भए त हामी सर्वसम्मत बनाएर लानथ्यौं हामीले नै । मैले त पोहोर नै भनेको यही कुरा तर दिदी राधेश्याम लेकालीसँग हार्नु भयो भने दिदीको नादानी हुने छ ।”

ख उवाचः “भाइ म अनेसासको नेतृत्वमा संस्थाको  वर्तमान हेरेर उमेद्वारी दिइरहेकी छैन बरू संसारका चार करोड नेपालीहरूको भाषा र साहित्यको सगर्व हियोलार्इ पवित्रता, आदर्शता, र मेरो डन्टलेस (Dauntless) मातृत्वले सिन्चित भएको साहित्यिक आदर्शताले मार्गदर्श्नन प्रदान गर्न उमेद्वारी दिइरहेकी छु । भाइ र राधेश्याम भाइको युग सकियो अब तपार्इंहरू अरू केही गर्नु होस् अगाडि सामान्य तर्कले हामीलार्इ भाँजो नहालिदिनुहोस, कृपया ।”

ग उवाचः “दिदी तपार्इंले पनि हामीलार्इ धोका दिने ? हामीले तपार्इंलार्इ बोस्टनदेखि नै श्रद्धा गरेको यतिका लागि हो ? पुरानाघरेले पनि अनेसासको आसन्न निर्वाचनमा साँढे जुधाएर यसपाली रमिता हेरिन्छ भनेर मलार्इ धोका दियो । मैले त उमेद्वारी त्यागें र भाइफुटे ग्वार लुटे भनेको मलार्इ थाहा भयो, उसले त्यसो भन्दा तर म अनेसासको नेतृत्वको दावी कुनै हालतमा छाड्दिन । मेरो र राधेश्यामजीको तालमेलबाट भोट बाँडिएर तपार्इंले राधेश्यमजीसँग हार्ने निश्चित छ । अब कथमकदाचित तपार्इं उहाँसँग हार्नु हार्नु भयो भने तपार्इंको इज्जत जान्छ के दिदी !”

क उवाचः “मम अनुहारम् हारस्य भॉति ? भवता साधनेन योजितम् पृष्ठभूमि हारस्य प्रमाणम् ? कामामतुराणम् नभय नलज्जा, बधतु सत्यं भ्राता रचतु साहित्यम् ।“

घ उवाचः ए बाबा, भारती गौतम हार्दा यतिविघ्न अनिष्ठ हुन्छ भने त्यस्तो अनिष्ठ स्थानमा रहनु भएका राधेश्याम लेकालीलार्इ किन बोकेर हिँड्नु होला ? तीन तीन कार्यकाल नेतृत्वमा रहेर अनेसासलार्इ भरपुर दोहन गरिसक्नु भएका र अहिले पनि अरू तीनवटा संस्थाहरूको नेतृत्व गरेर नेपाली साहित्यको आधारस्तम्भ नेपालको नेपाली साहित्यको माहोललार्इ तहसनहस पारेका आदरणीय राधेश्याम लेकालीलार्इ न्याय दिलाउने सर्वोच्च अधालत अनेसासका आजीवन सदस्य हुन र ? राधेश्यामजीले गएको आठ वर्षमा जे गर्नु भएको छ त्यति गर्न उहाँलार्इ अनेसासको आवश्यकता छैन र उहाँले खास अनेसासलार्इ केही गर्नु भएको पनि छैन । नेपालमा हामीलार्इ अनेसासको शाखा गठन गेर २५० सदस्य बनाएर अरू तीन करोडको आस्था फुटाउने काम अनेसास नेपालले गरेको छ, उहाँले १०० भन्दा बढी स्रष्टाहरूको किताब छाप्न साहेता गरेर कमाउनु भएको आदर्श यही हो । नेपालमा छवटा विश्वविद्यालय र पाँच हजार साहित्यिक संस्थान छन् । तीहरूले गर्न नसक्ने के चाहि छ र हामीलार्इ अनेसास नेपाल चाहियो नेपालमा ? नेपाली साहित्यको उद्गम आदर्श फुटाएर राधेश्याम वा पुरानाघरेलार्इ देवता बनाउनु अनेसासलार्इ बदनाम गराउनुमात्र होइन यो चिरहण पनि हो जसलार्इ अनेक अनेक निहारिकाहरूले लेख्ने छन् । तसर्थ तत्काल अनेसास नेपाल खारेज गरौं र नेपालका हरेक एक नेपालीको साहित्यिक आस्था र गुणस्तरधर्मिताहरूलार्इ कदर र ग्रहण गरेर डायसपोरामा स्वतःस्फूर्त विकेन्द्रिकरण गर्न अनेसास सम्पर्क कार्यलय नेपालको केन्द्रिय राजधानीमा तयार गरौं जहाँ एकजना पनि सदस्य रहने छैनन् । कर्मचारी र स्वयसेवकले अनेसासका सबै प्रकाशनहरू र सम्पर्कहरू अनेसास सम्पर्क कार्यलयबाट सञ्चालन गर्ने छ । यसको खर्च अनेसासको समन्वयमा नेपाल सरकार र एनअनरएनले गर्ने तर्जुमाको तयारीको बागडोर हुन भारती गौतम ।

अनेसास आजीवन सदष्य उवाचः राधेश्याम लेकालीले आफुलार्इ पटक पटक अनेसासको नेतृत्वमा असक्षम प्रस्तुत गरिसक्नु भएको छ । अनेसास जस्तो संस्थाको वरिष्ठ उपाध्य हुँदाहुँदै अन्य तीन तीन संस्थाको अध्यक्ष हुनु र अनेसास नेपालको अध्यक्षको कुर्सी नछाड्नु भनेको उहाँको कुर्शी मोहमा फसेर अनेसासको आगामी नेतृत्व दिनु एनआरएनलार्इ डायसपोराको नेपाली साहित्यको माहोल जिम्मा लगाउन अनेसासलार्इ ढाल बनाउनुमात्र हो । अनेसासको महत्वकाँक्षी नेतृत्वमा कवि पदम विश्वकर्मा २०१४मा हौसिदै गर्दा परिस्थिति र पृष्ठभूमिका कारण तत्कालिन अवस्थामा अनेसासको नेतृत्वको मार्यादाक्रमको दोस्रो बरियात (बरिष्ठ उपाध्यक्ष)मा रहनु भएका राधेश्याम लेकालीलार्इ असक्षम भनेर पाँचौं बरियात (महासचिव)मा रहनु भएका पदम विश्वकर्माले गलहत्याएर महासचिवबाट सिधै अनेसास केन्द्रिय नेतृत्व हत्याउनु भएको हामीलार्इ थाहा छैन र ? यतिमात्र होइन, राधेश्यामले नेपालबाट नेतृत्व गर्दा उहाँ असक्षम हुनुहुन्छ, त्यस कारण कमला प्रसार्इंले २०१६को नेतृत्व जित्नु हुन्छ र हाम्रो हार हुन्छ साथी हो भनेर उहाँलार्इ दोस्रो कार्यकालमा पनि असक्षम नेतृत्व घोषणा गरी बरिष्ठमा बस्नुहोस भनेर थान्को लगाएको हामीलार्इ थाहा छैन र ? यतिमात्र होइन अहिलेका बाहालवाला महासचिवले पनि उहाँलार्इ भूतपूर्व महासचिवले जस्तै असक्षम घोषणा गरेर वागी उमेद्वारी दिनु भएको अवस्थामा राशेध्यामज्यूले कुन नैतिकालताले उमेद्वारी दिएर निर्वाचनमा अन्तरिक्षको उचाइकी भारती गौतमसँग आसन्न निर्वाचन लर्नु त परको कुरा भयो कसरी उमेद्वारी दर्ता गर्नु हुन्छ ?

अनेसास उवाचः पदम विश्वकर्माज्यूले भाग्य लगाउँदा पनि नहल्लिएको, पुरानाघरेको आस्थाले दण्डवत गर्दा पनि नपूजिएको, र कमला प्रसार्इंज्यूले डोजर लगाउँदा पनि नभत्तिएको नेपाली साहित्यको बराहाक्षेत्रको सातसी ढुङ्गो भारती गौतमले कान्छी औंलाले नै उठाएर म, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा बिओटीको गजुर र केन्द्रिय कार्यसमितिको श्रीपेच चाहि कसरी सम्भव भयो ?

क उवाचः साधनाम् कुरू, सत्यम् बधः निस्थायाः निर्वाहम् कुरू, अस्थायाः रक्षाम् कुरू, आदर्शस्य उपार्जनं कुरू, र्इश्वरः सत्यं रक्षति ।

उमेद्वार उवाचः अनेसास विधानज्यू, म अनेसासको अध्यक्ष बन्न पाउँदिन ? मैले नेपाली भाषा साहित्यमा ३० वर्ष सेवा गरेको छु, नेपाली साहित्यमा स्नातकोत्तर हासिल गरेको गरेको छु । अनेसासलार्इ विगत १० वर्ष सेवा गरेको छु भने किन पाउँदिन ? पाएँ भने म अनेसासलार्इ साँच्चिकै अनेसास बनाएर देखाउने छु ।

अनेसास विधान उबाचः महासचिवज्यू तपार्इं भन्नु हुन्छ भन्दैमा त्यस्तो कहाँ हुन्छ र ? बाटाबाट हामी अनेसासको अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, र महासचिव जस्ता गरिमामय पदमा तपार्इंहरूले पाउनु भयो भन्दैमा अनेसासको सिण्डिकेट भत्काएर विधानोल्लङ्घन गर्न पाइदैन । अध्यक्ष र बरिष्ठ उपाध्य बन्नका लागि केन्द्रिय कार्यसमितिमा पूर्ण एक कालकाल र महासचिव बन्नका निम्ति शाखामा एक पूर्ण कार्यकाल सेवा गरेरमात्र उमेद्वारी दिएर मेरो रक्षा गर ।

पुरानाघरे उवाचः आदरणीय ममतामयी विधानज्यू ! वर्तमान महासचिव गोवरधन पूजाज्यू कुन शाखाको कार्यसमितिमा एक कार्यकाल पूर्ण सेवा गरीकन अनेसासका केन्द्रिय महासचिव भयाका हुन् ? कसैलार्इलार्इ काखा र कसैलार्इ पाखा गरन्या मुन्छेका चाला निका नभया हुन चेतना भय ।

विधान उवाचः अनेसासका धुरीबाटै पालायाका साहित्यकार श्रीमान् गोवधन पूजाज्यू धर्मसङ्कटमा गया हुन । महासचिव भयाका मुन्छे चुपचाप लागेर बस्याका हुन, यसरी अनेसासलार्इ हालिमुहाली गर्याको चुपलागेर हेरिकन बस्या हुन र उहाँ पनि संस्था बिगार्ने जत्थामा नबुजीकन हौसिएर गया हुन् । संस्थाको मर्यादा भाँजेर अहिले अध्यक्ष दावी गर्या हुन । तसर्थः अनेसासको धुरीबाट पलाएका उहाँ आगामी निर्वाचनमा उमेद्वारी दिने बहाना गरी नैतिक धर्मसङ्कटकमा फसिकन धुरीबाट बलेंसीमा झर्या हुन् । अब उहाँले उमेद्वारी दिन्या छैनन् बरू भित्रभित्र खुलेर भारती गौतमको समर्थन गर्न्या छन् र बाहिर बाहिर अरूहरूलार्इ ठीक्क पार्न्या हुन् चेतना भया । तसर्थ, अनेसासका जिमेदार पदमा सिण्डिकेटबाट नभयार स्वाच्छ प्रतिश्पर्दाबाट दक्ष, र सामेर्थ्वान मुन्छे ल्याउन्या हुन्, चेतना भय ।

बिओटी उवाचः अनेसासको सम्रचना गलत छ । वास्तवमा यसका देशदेशका शाखाका अध्यक्षहरूको समन्वय परिषदलार्इ अनेसास मुल समिति भनेर तीहरूले तिनीहरूबाटै बिओटी छान्नु पर्ने हो र बिओटीले केन्द्रिय कार्यसमितिका पदाधिकारीहरू नियुक्त गरी अमेरिकामा केन्द्रिय सचिवालय बनाउनु पर्ने, अनुसासन समितिको चयन गरी यस अन्तर्गत पुरूस्कार व्यवस्थापन गर्नु पर्ने हो, प्रकाशन सचिवालयमा सम्पादक मण्डल, संयोजक चयन गरेर नेपालस्थित सम्पर्क कार्यलयबाट सञ्चालन गरिनु पर्ने हो, संसारभरबाट प्रतिनिधि साहित्यका सम्रक्षणकर्ताहरूमात्रबाट सल्लाहकार समिति बनाउनु पर्ने हो तर अनेसास जता पनि लथालिङ्ग भएको किन हो ?

आजीवन सदस्य उवाचः सदस्यहरूलार्इ ढाल बनाएर केही महत्वकाँक्षा भएका मानिसहरूले नेपाली साहित्यको अन्तर्राष्ट्रिय आस्थाको ब्रमलुट गरेर अनेसासमा हालिमुहालीमात्र गरेका छन् । आजीवन सदस्यहरूले केही सम्मान, इज्जत, र विधानोपर अख्तियार पाएका छैनन् । तसर्थ यो विधान, संस्था, समितिहरू सबैलार्इ विनिर्माण गरेर अनेसासलार्इ अनेसास बनाउने अधिकार विधानतः आजीवन सदस्यहरूसम्म विकेन्द्रिकरण भएन भने अनेसासको औचित्य छैन, बन्द गर्दे हुन्छ नत्र एनहारएन छ ।

“सर्पले मुन्टो ठाडो बनायो, झण्डै मणि झर्यो”

पुरानाघरे उवाचः विधान बोल, आजीवन सदस्य बोल, भविष्य बोल, नेपाली आस्था बोल, विज्ञ बोल, नेपाली भाषा बोल र अनेसासलार्इ नेपाली साहित्य डायसपोरामा भाषाधर्मिता र साहित्यास्थाका रूपमा विकाश कहिले गर्न्या हो र कसले गर्न्या हो ?

भारती उवाचः अनेसास भनेको संसारका नेपालीहरूको आस्था झाँगिएर फुल्दै र फल्दै गरेको सबै भन्दा जेठो र प्रतिनिधि संस्था भएकाले यसमा व्यक्तिवादि चरित्र हावी हुने, अनावश्यक महत्वाकाँक्षा हौसिने, होहल्ला गर्ने, धरातलीय नैतिकाताबाट गिरेर कसैलार्इ अन्याय गरी कसैलार्इ पृष्ठपोषण गर्ने आदि किसिमका कुनै पनि गतिविधि भएका छन् भने म मेरो विगतको ४० वर्ष लामो निष्ठा, कर्तव्यपरायणता, र भाषासाहित्य सेवाबाट हासिल आदर्शको कसम खाएर भन्छु कसैलार्इ अन्याय हुन पनि दिन्न, कसैलार्इ अनुचित काखी पनि चेप्तिन, अनेसासलार्इं संसारका नेपालीहरूको नेपाली भाषा र साहित्यको डायसपोरिक हियो बनाएर दुर्इ वर्षमा आजीवन सदस्यहरूलार्इ नेतृत्व फिर्ता दिने छु र मैले अरू कुनै पनि साहित्यिक संस्थाको नेतृत्वको आकाङ्क्षा नराखीकन अनेसासको आस्था र आदर्शको सम्रक्षण गरेर बाँकी जीवन निजी साहित्य साधान, सिर्जना, र सेवामा समर्पित हुने छु ।

नेपाली साहित्य उवाचः भारती गौतम आस्था हुन् ।

नेपाल उवाचः भारती गौतम विश्वास हुन् ।

नेपाली भाषा उवाचः भारती गौतम आदर्श हुन् ।

एनआरएन उवाचः हामी नेपाली साहित्यका सबै गतिविधिहरू अनेसासलार्इ गर्न दिनका निम्ति भारती गौतमको खुलेर समर्थन गर्दछौं, साहायता गर्ने छौं, बरू लगानी गर्ने छौं एनआरएन भन्दा १० वर्ष अगाडिदेखि डायसपोरामा नेपाली भाषा र साहित्यको विकास, विस्तार, र प्रवर्धनमा हामीले हुर्काएर विश्वास गरेको अनेसासलार्इ हामी स्वयम धोका दिन सक्तैनाैं । निलम कार्की निहारिका, ज्ञानेन्द्र गदाल, खगेन्द्र जिसि, दुर्गा दाहाल, कमला प्रसार्इं, हरि काफ्ले  अादि हाम्रा आदरणीय र इमान्दार सदस्य स्रष्टाहरू, तपार्इंहरू सबै अनेसासमा बसेर नेपाली साहित्यको सेवा गर्नुहोस् । हामी अरू एनआरएन तपार्इंहरूको स्तुति गर्दछौं ।

डायसपोरा उवाचः हाम्रो प्रतिनिधि भारती गौतम हुन् ।

आजीवन सदस्य उवाचः मेरो मत भारती गौतमलार्इ ।

निर्वाचन आयोग उवाचः आदरणीय साहित्यकार तथा पत्रकार राधेश्याम लेकालीज्यू अनेसासको अध्यक्षमा पटक पटक सामेर्थ्यगत, मर्यादागत, र परिप्रेक्षगत असक्षम तथा अयोग्य हुनु भएकाले, अर्का प्रत्यासी अनेसास कनिष्ठ आजीवन सदस्य तथा बरिष्ठ साहित्यकार गोवधन पूजाज्यू नैतिकता, योग्यता, र सक्रियताका आधारमा उहाँकी प्रतिद्वान्दी भारती गौतमसँग अनेसासको आगामी नेतृत्वको दावेदारी पेस गर्न ल्याकत नपुगेकाले र माहोलगत धर्मसङ्कट जेलिरहनु भएकाले उहाँको उमेद्वारीलार्इ अनेसासका विद्वान आजीवन सदस्यहरूले बहिष्कार हुने डरले उमेद्वारी नै नदिनु भएकाले अन्तरष्ट्रिय नेपाली साहित्य समाजको आगामी नेतृत्व बरिष्ठ साहित्यकार तथा भाषा सेवी भारती गौतमलार्इ निर्विरोध तथा सर्वसम्मत भएको घोषणा गरिन्छ ।

यथार्थ उवाजः अन्ततः साधनाम् कुरू, सत्यम् बधः निस्थायाः निर्वाहम् कुरू, अस्थायाः रक्षाम् कुरू, आदर्शस्यः उपार्जनम् कुरू, र्इश्वरः सत्यम् रक्षति ।

इति

वि.सं.२०७५ असार १२ मंगलवार ११:२४ मा प्रकाशित

आरक्षणको विरोध : नश्लिय एकल जातीय चिन्तन

आरक्षणको विरोध : नश्लिय एकल जातीय चिन्तन

नेपाल बहु जातीय, बहुभाषिक, बहु धार्मिक, बहु क्षेत्रीय र बहु...

विदेश जानै पर्ने दबाबमा नेपाली युवा

विदेश जानै पर्ने दबाबमा नेपाली युवा

काठमाडौँ । पल्लाघरे काकाको छोरी अमेरिकाको लागि उडेकी मात्र के...

लगानीकर्ताले कसरी लिने कानुनी लाभ

लगानीकर्ताले कसरी लिने कानुनी लाभ

काठमाडौँ । धितोपत्र बजार जोखिम र सम्भावनाको पिङ हो ।...

योग, आरोग्य र समृद्धि

योग, आरोग्य र समृद्धि

काठमाडौँ । योग एक पूर्ण मनुष्य बन्ने जीवन पद्दति हो...

राजनीतिमा जाग्दै आदिवासी जनजाति महिला

राजनीतिमा जाग्दै आदिवासी जनजाति महिला

कुनै पनि परिवर्तनको मूल आधार भनेको राजनीतिक चेत र अभ्यास...