back
CTIZAN AD

आमा

वि.सं.२०७५ असार १२ मंगलवार

843 

shares

उनीहरुलाई दुख्दैन
या म बुझ्दिन
आमाहरु रुदा पनि
हासेरै रुन्छन

आमाहरुलाई जुन टिप्नु छैन
समयलाइ छोप्नु पनि छैन
न छ कुनै युद्ध जित्नु नै
सपनाहरुको भाग्नाबशेसबाट
केहि रहरहरु उमारेर फुलाउनु छ
र देख्नु छ त्यो फुल भित्र
तारा जस्ता उज्याला सन्तानहरुको मुहार

दिन जानेका छन्
आमाहरुको शब्दकोषमा
लिनुको परिभाषा हुदैन
कुरुप होलान बरु
यो र त्यो रुपमा
लुटाई रहन्छन आफुलाई जिन्दगि भर
तोक्दैनन दुधको मूल्य
खादा खादैको गास
फेर्दा फेर्दैको सास
पाइताला मुनि राखेर
बाच्छन अरुहरुका लागी
सुदामा हुन् आमाहरु

मैले सुनेको हु
आमाहरुको मन र फुल
उस्तै कोमल हुन्छ
त्यसैले आमाहरु हासिरहन्छ्न फुल जस्तै
आमाहरु शान्त हुन्छन
आँखा भरी बुद्ध पालेर
एउटा खोजमा हिड्छन
अमर प्रेमको तलासमा
त्यसैले
सन्तानहरुलाई सिकाउन
आमाहरु प्रेम र स्नेहका कथाहरु मात्र पढाउछन्

ब्रम्हाण्ड जस्तो आमाहरुको जिन्दगी
म चाहेर पनी
बुझ्न सक्तिन
हुन सक्छ मसंग
ठुलो मुटु छैन
हो
उनीहरुलाई दुख्दैन
या म बुझ्दिन
आमाहरु रुदा पनि
हासेरै रुन्छन

वि.सं.२०७५ असार १२ मंगलवार ११:०९ मा प्रकाशित

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

कविता : मसँग मेरो मन

कविता : मसँग मेरो मन

शशीश्री आचार्य, बौद्ध कुमारीगाल, काठमाडौँ म अनि मेरो मन एक्लै...

झिल्का कविताहरू

झिल्का कविताहरू

विकास क्षेत्री अञ्जान बिजनबारी बजार, भारत १ नेताले कसम खायो...

कविता : हो देह यो मन्दिर

कविता : हो देह यो मन्दिर

अलख निरन्जन लोहार टीकापुर कैलाली हाल : भारत आँधीको मन...