back
CTIZAN AD

प्रवासी नेपाली एकता सामाज आयरल्याण्ड गठन

वि.सं.२०७५ असार १७ आइतवार

693 

shares

समृद्ध नेपालको जगमा राष्ट्रियता, हिन्द्वत्व र सम्बद्र्धनलाई प्रवासमा रहेका नेपाली माझ बिस्तार गर्ने योजनाका साथ श्रीकृष्ण जीसीको अध्यक्षतामा प्रवासी नेपाली एकता सामाज आयरल्याण्ड गठन गरिएको छ ।
कोर्क क्रिकेट एकाडेमी आयरल्याण्डमा असार ११ (२५ जुन) का दिन सम्पन्न प्रथम भेलाले ६ महिनाभित्र अधिबेशन गर्ने गरी तदर्थ समिति गठन गरेको हो ।
जसको उपाध्यक्षमा हरी के.सी, महासचिबमा समिर थापा काजी, सचिब कुमार गुरुङ, प्रवक्तामा रोशन तिमल्सिना, सहसचिबमा गणेश अर्याल, कोषाध्यक्षमा हरी अर्याल तथा सदस्यहरुमा विप्लब अधिकारी, सुवास शर्मा, कृष्ण रिजाल, अशोक मगर, समिर भण्डारी महिला सदस्यद्धयमा जोनिला तामाङ, सुमिरन अधिकारी, आकाश पुरी, अभिमन्सु मगर र अबिरल दाहाल रहेका छन् ।
त्यस्तै समाजको सल्लाहकारहरुमा दुर्गा प्रसाद सूबेदी, मिलन आर्चाय, नरेश थापा रहेका छन् ।

गोपाल शर्माको संचालन रहेको उक्त भेलामा हरि के.सीद्वारा हिन्दु धर्मको पूर्ण बहाली तथा बौद्विक क्षणको महत्वको बारेमा चर्चा गरेका थिए भने एनआरएनए आयरल्यान्डका पूर्वअध्यक्ष तथा आइसीसी सदस्य राजन काफ्लेले यस्ता संगठन को बिस्तारले मुलुकको बिकासमा सहयोग पुर्याउने कुरामा बिश्वास ब्यक्त गरेका थिए ।
यसैगरी एनआरएनए आयरल्याण्डका पूर्वअध्यक्ष तथा जनसम्पर्क समिति आयरल्याण्डका अध्यक्ष शुक्रराज न्यौपानेले यस्ता संगठनको बिस्तारले सबैले आ–आफ्नो ठाउँबाट बिकास निर्माणमा मद्वत पुग्ने र प्रवासी नेपालीहरू हातेमालो गर्दै अगाडि बढने सल्लाह दिए ।


त्यसैगरी कार्यक्रममा उपस्थित एनआरएनए उपाध्यक्षद्धय लोकनाथ त्रिपाठी र बसन्त न्यौपाने, कोर्क नेपाली समाजका अध्यक्ष टेक नारायण पौडेल, उपाध्यक्षद्धय बिजय सहानी, बिरेन्द्र अधिकारी तथा अंकित वली, राज कुमार गुरूङ, कृष्ण के.सी रूपेश रेग्मी लगायतले समाजको सफल कार्यकालको शुभकामना दिएका थिए ।
सोहि अवसरमा नवनियुक्त अध्यक्ष कृष्ण जीसीले प्रवासी नेपाली एकता समाज आयरल्याण्डले समृद्ध नेपालको जगमा राष्ट्रियता र हिन्दुत्वको जर्गेना गर्दै प्रवासी नेपालीहरुको हकहितमा आवाज बुलन्द पार्दै जाने बताए ।

फोटो सौजन्य : जोनिला तामाङ्ग

वि.सं.२०७५ असार १७ आइतवार १५:२७ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...