back
CTIZAN AD

चारसय महिला तथा बालबालिका आफन्तको जिम्मामा

वि.सं.२०७३ असोज १९ बुधवार

996 

shares

१९ असोज,इलाम । माइती नेपालले सन् २०१६ को जनवरीदेखि अगष्टसम्मको आठ महिनाको अवधिमा भारत हिँडेका ४०० महिला तथा बालिकालाई सीमा नाकाबाट घर फर्काएको छ ।

रोजगारीको प्रलोभनमा परेर भारत जान हिँडेका उनीहरुलाई सोधपुछपछि आफन्तको जिम्मा लगाइएको पशुपतिनगरस्थित सो संस्थाको शाखाले जनाएको छ ।
शाखाका कार्यक्रम संयोजक होम ढकालका अनुसार रोजगारीको लागि भारत जान भनि हिँडेका १६ वर्षसम्मका तीन बालबालिका, १८ वर्षसम्मका एकसय ६९ जना र १८ वर्ष माथिका दुईसय ३२ जना महिला रहेका छन् ।

सोही अवधिमा विद्यालय पोसाकमै रहेका १२ बालिकालाई भारतको दार्जिलिङ, सिलिगुढी, मिरिक, सुकियालगायतका स्थानबाट उद्धार गरी अभिभावकको जिम्मा लगाइएको जानकारी उहाँले दिनुभयो । यसरी विदेशिने ५१ जिल्लाका महिला र बालिका रहेको पाइएको छ ।

खोजी गरिदिन भन्दै आएका निवेदनका आधारमा अझै ठूलो सङ्ख्यामा हराएका बालिका र महिला भेटिएका छैनन् । गरिबी, बेरोजगारी, अशिक्षा, घरेलु ंिहंसा र भूकम्पका कारण इलामसहित नुवाकोट, सिन्धुपाल्चोक, दोलखालगायतका जिल्लाबाट हराएका महिला र बालिकाको सङ्ख्या उच्च रहेको कार्यक्रम संयोजक ढकाल बताउनुहुन्छ । सीमावर्ती क्षेत्रका आठ गाविसमा महिलाकै सक्रियतामा निगरानी समूह बनाएर नियमित गस्तीसमेत गरिरहेको बताइएको छ ।

आर्थिक वर्ष २०७३÷०७४ को दुई महिनाको अवधिमा इलामबाट १४ जना हराएकामा तिनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलकुमार यादवको भनाइ छ । हराएका महिला खोजी गरिदिन अनुरोध गर्दै प्रहरीमा दिएको उजुरीका आधारमा बर्सेनि १६ देखि ४० वर्ष उमेर समूहका महिला हराउने गरेको पाइएको छ ।

आव ०७२÷०७३ मा जिल्लाबाट हराएका ७६ महिला तथा बालिका अझै पत्तो नलागेको प्रहरीले जनाएको छ । आव २०७१÷०७२ मा एकसय २५ महिला हराएकामा ८६ जना फेला परेपनि ३९ जना अहिलेसम्म भेटिएका छैनन् । आव २०७०÷०७१ मा एकसय १६ जना हराएकामा ८५ जना भेटिएपनि ३१ जना अझै फेला परेका छैनन् । रासस

वि.सं.२०७३ असोज १९ बुधवार ०९:५७ मा प्रकाशित

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन । भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको...