back

चारसय महिला तथा बालबालिका आफन्तको जिम्मामा

वि.सं.२०७३ असोज १९ बुधवार

270 

shares
NTC AD
Global IME AD

१९ असोज,इलाम । माइती नेपालले सन् २०१६ को जनवरीदेखि अगष्टसम्मको आठ महिनाको अवधिमा भारत हिँडेका ४०० महिला तथा बालिकालाई सीमा नाकाबाट घर फर्काएको छ ।

रोजगारीको प्रलोभनमा परेर भारत जान हिँडेका उनीहरुलाई सोधपुछपछि आफन्तको जिम्मा लगाइएको पशुपतिनगरस्थित सो संस्थाको शाखाले जनाएको छ ।
शाखाका कार्यक्रम संयोजक होम ढकालका अनुसार रोजगारीको लागि भारत जान भनि हिँडेका १६ वर्षसम्मका तीन बालबालिका, १८ वर्षसम्मका एकसय ६९ जना र १८ वर्ष माथिका दुईसय ३२ जना महिला रहेका छन् ।

सोही अवधिमा विद्यालय पोसाकमै रहेका १२ बालिकालाई भारतको दार्जिलिङ, सिलिगुढी, मिरिक, सुकियालगायतका स्थानबाट उद्धार गरी अभिभावकको जिम्मा लगाइएको जानकारी उहाँले दिनुभयो । यसरी विदेशिने ५१ जिल्लाका महिला र बालिका रहेको पाइएको छ ।

खोजी गरिदिन भन्दै आएका निवेदनका आधारमा अझै ठूलो सङ्ख्यामा हराएका बालिका र महिला भेटिएका छैनन् । गरिबी, बेरोजगारी, अशिक्षा, घरेलु ंिहंसा र भूकम्पका कारण इलामसहित नुवाकोट, सिन्धुपाल्चोक, दोलखालगायतका जिल्लाबाट हराएका महिला र बालिकाको सङ्ख्या उच्च रहेको कार्यक्रम संयोजक ढकाल बताउनुहुन्छ । सीमावर्ती क्षेत्रका आठ गाविसमा महिलाकै सक्रियतामा निगरानी समूह बनाएर नियमित गस्तीसमेत गरिरहेको बताइएको छ ।

आर्थिक वर्ष २०७३÷०७४ को दुई महिनाको अवधिमा इलामबाट १४ जना हराएकामा तिनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलकुमार यादवको भनाइ छ । हराएका महिला खोजी गरिदिन अनुरोध गर्दै प्रहरीमा दिएको उजुरीका आधारमा बर्सेनि १६ देखि ४० वर्ष उमेर समूहका महिला हराउने गरेको पाइएको छ ।

आव ०७२÷०७३ मा जिल्लाबाट हराएका ७६ महिला तथा बालिका अझै पत्तो नलागेको प्रहरीले जनाएको छ । आव २०७१÷०७२ मा एकसय २५ महिला हराएकामा ८६ जना फेला परेपनि ३९ जना अहिलेसम्म भेटिएका छैनन् । आव २०७०÷०७१ मा एकसय १६ जना हराएकामा ८५ जना भेटिएपनि ३१ जना अझै फेला परेका छैनन् । रासस

वि.सं.२०७३ असोज १९ बुधवार ०९:५७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
६ विकेटले साउदीलाई हराउँदै सेमिफाइनलमा नेपाल

६ विकेटले साउदीलाई हराउँदै सेमिफाइनलमा नेपाल

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा साउदी अरबलाई...

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी...

मुख्यमन्त्रीमा नेकपा एसले सोडारीलाई उम्मेदवार बनाउने

मुख्यमन्त्रीमा नेकपा एसले सोडारीलाई उम्मेदवार बनाउने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीले सुदूरपश्चिम प्रदेशको...

क्रिकेटप्रति बालबालिकाको आकर्षण बढ्दै

क्रिकेटप्रति बालबालिकाको आकर्षण बढ्दै

कालुखेती (बझाङ) । भारतमा सञ्चालन भइरहेको इन्डियन प्रिमियर लिग (आइपीएल)को...

सुदूरपश्चिमका सीमानाका शुक्रबारसम्म बन्द

सुदूरपश्चिमका सीमानाका शुक्रबारसम्म बन्द

बैतडी । भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशका सीमानाका बन्द भएका...

साउदी अरेबियाद्वारा नेपालसामू ७४ रनको चुनौती

साउदी अरेबियाद्वारा नेपालसामू ७४ रनको चुनौती

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज जारी खेलमा...