back

खेलकुदमा सुदूरपश्चिमको योगदान उच्च: मन्त्री श्रीपाइली

वि.सं.२०७३ असोज १९ बुधवार

708 

shares
IME Limited
NTC AD

१९ असोज,भीमदत्तनगर । युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले देशको खेलकुद जगत्मा सुदूरपश्चिमको योगदान उच्च रहेको बताउनुभएको छ ।

आज कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आयोजित क्लबस्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री श्रीपाइलीले जुनसुकै विधामा भए पनि सुदूरपश्चिमको योगदान रहेको भन्दै प्रशंसा गर्नुभयो ।

सुदूरपश्चिमलाई खेलाडी उत्पादनको थलोको भएको बताउँदै उहाँले यहाँको खेलकुदको विकास लागि आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आफूले राष्ट्रलाई सुदूरले खेलकुदका लागि गरेको योगदानको उच्च मूल्याङ्कन गरेको बताउँदै उहाँले खेलकुदको विकासका लागि एकता आवश्यक रहेको धारणा राख्नुभयो । खेल र खेलाडीको विकासका लागि प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा क्रिकेटरद्वय विनोद भण्डारी र ललित भण्डारीलाई मन्त्रीले दोसल्ला ओढाएर सम्मन समेत गर्नुभएको छ ।

त्यसैगरी यहाँको खेलकुद क्षेत्रको विकासका लागि कृष्णपुर नगर खेलकुद विकास समितिले मागसहितको ज्ञापनपत्र बुझाएको छ ।

स्थानीय रोयल युथ क्लबले दसैँ तिहारको अवसरमा आयोजना गरेको क्रिकेट प्रतियोगितामा १६ वटा टिम रहेको आयोजकले जनाएको छ । रासस

वि.सं.२०७३ असोज १९ बुधवार ०९:५८ मा प्रकाशित

राप्रपाको प्रवक्ताबाट हटाइएकाविरुद्ध उजुरी दिन लावती निर्वाचन अयोगमा

राप्रपाको प्रवक्ताबाट हटाइएकाविरुद्ध उजुरी दिन लावती निर्वाचन अयोगमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रवक्ताबाट बर्खास्त भएका...

आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो : प्रधानमन्त्री

आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्माले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा...

छाउगोठमा सुतेकी कमला दमाईको सर्पले टोकेर मृत्यु

छाउगोठमा सुतेकी कमला दमाईको सर्पले टोकेर मृत्यु

काठमाडौं । कञ्चनपुरमा छाउपडी गोठमा सुतेकी एक महिलाको सर्पले डसेर...

राष्ट्रपतिबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना

राष्ट्रपतिबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त प्रदत्त नेपाली भाषाका कारण...

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ ।सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय...

आजको लागि विदेशी मुद्राको विनिमयदर

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...