back
CTIZAN AD

खेलकुदमा सुदूरपश्चिमको योगदान उच्च: मन्त्री श्रीपाइली

वि.सं.२०७३ असोज १९ बुधवार

1.1K 

shares

१९ असोज,भीमदत्तनगर । युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले देशको खेलकुद जगत्मा सुदूरपश्चिमको योगदान उच्च रहेको बताउनुभएको छ ।

आज कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आयोजित क्लबस्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री श्रीपाइलीले जुनसुकै विधामा भए पनि सुदूरपश्चिमको योगदान रहेको भन्दै प्रशंसा गर्नुभयो ।

सुदूरपश्चिमलाई खेलाडी उत्पादनको थलोको भएको बताउँदै उहाँले यहाँको खेलकुदको विकास लागि आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आफूले राष्ट्रलाई सुदूरले खेलकुदका लागि गरेको योगदानको उच्च मूल्याङ्कन गरेको बताउँदै उहाँले खेलकुदको विकासका लागि एकता आवश्यक रहेको धारणा राख्नुभयो । खेल र खेलाडीको विकासका लागि प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा क्रिकेटरद्वय विनोद भण्डारी र ललित भण्डारीलाई मन्त्रीले दोसल्ला ओढाएर सम्मन समेत गर्नुभएको छ ।

त्यसैगरी यहाँको खेलकुद क्षेत्रको विकासका लागि कृष्णपुर नगर खेलकुद विकास समितिले मागसहितको ज्ञापनपत्र बुझाएको छ ।

स्थानीय रोयल युथ क्लबले दसैँ तिहारको अवसरमा आयोजना गरेको क्रिकेट प्रतियोगितामा १६ वटा टिम रहेको आयोजकले जनाएको छ । रासस

वि.सं.२०७३ असोज १९ बुधवार ०९:५८ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

काठमाडौँ । रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाणिज्य बैंकका सिइओहरुसँग छलफल गर्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाणिज्य बैंकका सिइओहरुसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज देशका २० वटा...

डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ सेवाको प्रयोगसँगै बढ्दै...