back
CTIZAN AD

नेपालीे घरद्वारा छात्रवृत्तिको लागी निवेदन आह्वान

वि.सं.२०७५ असार २६ मंगलवार

825 

shares

नातिबाबु भट्ट, कोलोराडो अमेरीका

कोलोराडोमा सकृय सामाजिक संस्था नेपाली घरले हरेक बर्ष १२ कक्षा पासगरि कलेज जाने जेहन्दार दुई जना छात्र छात्राहरुलाई छात्रवृत्ति दिने निर्णय गरे अनुरुप यस बर्षको छात्रवृत्तिको लागी निवेदन आहवान गरेको छ ।
नेपाली घरद्धारा गठित छात्रवृत्ति छनौट समितीको बैठकले यसै बर्ष १२ कक्षा पास गरेका नेपाली समुदायका बालबालिकाहरुलाई जुलाई ३० तारिक सम्म निवेदन दिईसक्न आह्वाहन गरेको हो ।

समितीले निवेदकको लागी क्राईटएरिया समेत तोकेको छ । जसमा यसै बर्ष १२ पास गरेका, कोलोराडोमा बसोवास भएको, नेपाली समुदायका , समुदायमा सामाजिक कृयाकलापहरुमा भागलिएको प्रमाणित कागज पेस गर्नुपर्ने, फुल टाईम कलेज पढ्ने प्लान गरेको हुनु पर्ने, थोरैमा ७५ प्रतिषद वा ३.० जिपीए भएको हुनुपर्ने, कलेजले भर्नाको लागी छनौट गरेर पठाएको लिखीत पत्र समावेस गर्नु पर्ने जनाएको छ । यसको साथै समितीले निवेदकहरुलाई छात्रवृित्तको निवेदन संगै निवन्द समेत लेखि समावेस गर्नुपर्ने सर्त राखेको छ । जसमा निवन्दको शिर्षक छ १, कोलोराडोमा नेपाली समाुदायिक भवन – “नेपाली घर” किन र कसरी ? भन्ने बिषयमा ८ सय सब्द भन्दा नबढाई लेख्नु पर्नेछ ।

निवेदकले भर्नुपर्ने फारमको ढांचा संस्थाको वेब्सायट “नेपाली घर डट ओआरजी” तथा संस्थाको फेसबुकमा राखिएको छ । संस्थाको वेब्सायटमा गई फारम डाउनलोड गरि प्रिन्ट गरि भर्न सकिने छ । निवेदकले सम्पुर्ण कागजपत्र स्क्यान गरेर सोही फारममा उल्लेखित ईमेलमा वा मेल ठेगानामा पोष्ट गर्नु पर्ने संस्थाले जनाएको छ ।

छनौट समितीले कोलोराडोमा सकृय सबै संघ संस्थाका प्रतिनिधी, बुद्धीजिवी, गन्यमान्य, समाजसेवी, व्यवसाही, पत्रकार तथा सर्वसाधारण सबैलाई कार्यक्रमको प्रचार प्रसार गरि संम्बधित छात्र छात्रालाई कार्यक्रममा भागलिने अवसर जुटाई दिनहुन अनुरोध गरेको छ ।

अमेरीकी कल्चरमा हुर्कदैै गरेका भावी पुस्तामा नेपाली संस्कृतीको जगेर्ना गराउन तथा उनीहरुलाई नेपाली समुदाय तर्फ आकर्षित गराउन यस्तो निर्णय गरिएको बताईएको छ । यहाँ जन्मे हुर्केका बालबालिकाहरु माझ आगामी दिनमा यस्ता कार्यक्रमहरु अघि नसारे नेपाली भाषा संस्कृती जोगाउन कठिन हुने अवस्था आएको भन्दै यस्ता कार्यक्रमले केही हद सम्म बालबालिका र तिनिहरुको परिवारलाई नेपाली समुदाय तर्फ आकर्षित गराउन सहयोग पुग्ने संस्थाको ठम्याई छ ।
नेपाली घरद्धारा गठित छनौट समितीलाई छात्र छात्राहरु छनौट गर्ने, यस कार्यक्रमलाई प्रभावकारी बनाउने, कार्यक्रमलाई निरन्तरता दिने, छात्रवृत्ति दिने श्रोत जुटाउने जिम्मा समेत दिएको छ । प्रमोद श्रेष्ठको संयोजनमा गठित समितीमा लछुमन राना, योगराज गौतम, उत्तम राई र नातिबाबु भट्ट रहेका छन् ।

नेपालीहरुको भेषभूषा, भाषा संस्कृति, रिती स्थिती, चालचलन सबै झल्कने एक नेपाली घरको निर्माणार्थ कृयासिल यस संस्थाको संयोजनमा तथा कोलोराडोमा सकृय संघ संस्थाको आयोजनामा आर्थिक संकलन गर्ने उद्धेश्यले आयोजित श्रीमद् भागवत सप्ताह महापुराण सफलताको साथ सम्पन्न भई सकेको छ । यस संस्थाले नेपालीहरुको भाषा,संस्कृित, संरक्षणको लागी बेला बेलामा विभिन्न साँस्कृतिक कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।

वि.सं.२०७५ असार २६ मंगलवार ०९:०५ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...