back

पूर्वाञ्चलस्तरीय फुटबलको उपाधि बेलबारीलाई

वि.सं.२०७३ असोज २१ शुक्रवार

540 

shares
GLOBAL IME AD
NTC AD

उर्लाबारी (मोरङ) । स्थानीय बाहुनीमा सम्पन्न पूर्वाञ्चलस्तरीय एम्ब्रियो कप फुटबल प्रतियोगिताको उपाधि बेलबारी फुटबल क्लबले हात पारेको छ ।

विहिबार (२० असोज) भएको फाइनल प्रतिस्पर्धामा बेलबारी आयोजक एम्ब्रियोलाई ३–० गोल अन्तरले पराजित गर्दै रु ५५ हजार सहितको उपाधि हात पार्न सफल भएको हो । उपविजेता बनेको आयोजकले रु ३५ हजारसहित कप प्राप्त गरेको छ । राष्ट्रिय खेलाडी समेत सम्मिलित दुवै टोलीको खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक भई पहिलो हाफ गोलरहित बराबरी भएको थियो । दोस्रो हाफको १७औँ मिनेटमा बेलबारीका सञ्जीव राईको पासमा विनोद अधिकारीले गोल गरेर आफ्नो टोलीलाई अग्रता दिलाएका थिए ।

त्यसलगत्तै २१औँ मिनेटमा बेलबारीका समिर सुनुवारले पुनः १ गोल थपेर आफ्नो टोलीलाई जितको सुनिश्चित बनाएका थिए । खेलको इन्जुरी टाइममा नगेन्द्र लिम्बूले अर्काे गोल थप्दा ३–० को स्थितिमा बेलबारी जित हासिल गर्न सफल भयो । समापन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य शम्भुप्रसाद आचार्यले पुरस्कार प्रदान गर्नुभएको थियो ।

वि.सं.२०७३ असोज २१ शुक्रवार ०२:४९ मा प्रकाशित

यु-१९ विश्वकप महिला क्रिकेट : अष्ट्रेलियाले दियो एक सय ४० रनको चुनौती

यु-१९ विश्वकप महिला क्रिकेट : अष्ट्रेलियाले दियो एक सय ४० रनको चुनौती

काठमाडौं । आइसिसी महिला यु-१९ विश्वकप क्रिकेट प्रतियोगितामा अष्ट्रेलियाले नेपाललाई...

प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेश लगातार विजयी

प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेश लगातार विजयी

फाप्ला (कैलाली) । कोशी प्रदेश यहाँ जारी प्रधानमन्त्री कप महिला...

यु-१९ महिला विश्वकप क्रिकेट : नेपाल स्कटल्यान्डविरुद्ध ब्याटिङमा

यु-१९ महिला विश्वकप क्रिकेट : नेपाल स्कटल्यान्डविरुद्ध ब्याटिङमा

काठमाडौं । यु-१९ महिला विश्वकप क्रिकेट : नेपाल स्कटल्यान्डविरुद्ध ब्याटिङमा...

सन्दीप लामिछाने क्रिकेटबाट सन्यास लिने विचारमा

सन्दीप लामिछाने क्रिकेटबाट सन्यास लिने विचारमा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका विश्वचर्चित लेग स्पिनर सन्दीप...

महिला विश्वकप क्रिकेटः पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

महिला विश्वकप क्रिकेटः पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौँ । आईसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो...

टाइगर कप भलिबल माघ दोस्रो सातादेखि

टाइगर कप भलिबल माघ दोस्रो सातादेखि

काठमाडौँ । ‘टाइगर गु्रप अफ पोखरा नेपाल’को आयोजनामा पाँचौँ संस्करणको...