back
CTIZAN AD

पूर्वाञ्चलस्तरीय फुटबलको उपाधि बेलबारीलाई

वि.सं.२०७३ असोज २१ शुक्रवार

1.9K 

shares

उर्लाबारी (मोरङ) । स्थानीय बाहुनीमा सम्पन्न पूर्वाञ्चलस्तरीय एम्ब्रियो कप फुटबल प्रतियोगिताको उपाधि बेलबारी फुटबल क्लबले हात पारेको छ ।

विहिबार (२० असोज) भएको फाइनल प्रतिस्पर्धामा बेलबारी आयोजक एम्ब्रियोलाई ३–० गोल अन्तरले पराजित गर्दै रु ५५ हजार सहितको उपाधि हात पार्न सफल भएको हो । उपविजेता बनेको आयोजकले रु ३५ हजारसहित कप प्राप्त गरेको छ । राष्ट्रिय खेलाडी समेत सम्मिलित दुवै टोलीको खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक भई पहिलो हाफ गोलरहित बराबरी भएको थियो । दोस्रो हाफको १७औँ मिनेटमा बेलबारीका सञ्जीव राईको पासमा विनोद अधिकारीले गोल गरेर आफ्नो टोलीलाई अग्रता दिलाएका थिए ।

त्यसलगत्तै २१औँ मिनेटमा बेलबारीका समिर सुनुवारले पुनः १ गोल थपेर आफ्नो टोलीलाई जितको सुनिश्चित बनाएका थिए । खेलको इन्जुरी टाइममा नगेन्द्र लिम्बूले अर्काे गोल थप्दा ३–० को स्थितिमा बेलबारी जित हासिल गर्न सफल भयो । समापन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य शम्भुप्रसाद आचार्यले पुरस्कार प्रदान गर्नुभएको थियो ।

वि.सं.२०७३ असोज २१ शुक्रवार ०२:४९ मा प्रकाशित

पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक

पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पल्सर स्पोर्ट्स अवार्ड...

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

काठमाडौं । आईएनजी ग्रुपको हेराल्ड कलेजले २० औं एसियाली खेलकुदमा...

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

काठमाडौं। विद्यालयस्तरीय खेलकुद प्रतियोगितामध्ये पुरानो तथा लोकप्रिय स.बल ज्ञान कार्निभलको...

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...