यो जाठो एन्टीसी मा फोनै बुझिन्न। एउटा भद्र भलाद्मीले भन्नुभो ।
सडक मा हिड्दै गरेका तीन जना मध्य एउटा बोल्छ र म सुन्छु ‘तिन्टा कालो चिया र एउटा सुर्य चुरोट को सय रुपे कसरी पर्छ ? ’
दुई पिपलको टिकट दिनुन भनेर महिला सोध्छिन । अचेल कहाँ टिकट पाइन्छ र दिदी ? टिकट्वाले भन्छ । म बसेको भट्टी नजिकै टिकट काउन्टर पनि रहेछ ।
अनि बाबू तेरो भिस्सा खसो त ? तीन चार मिनेट अघि बसेका नौ जवान कुरा गरिरहेकै छन् ।
हेलमेट टेबुल मा राखेर चुरोट सल्काउदै एउटा युवक फोन मा कसैलाइ फुर्मान दिन्छ ।’ अरु कुरा था छैन। मलाई एक सिलिन्डर ग्यास जसरी नि मिलाइदिनुस।’
पसले दिदी खोइ को सीत कुरा गर्दै थिइन ! मेरो ध्यान उनी तिर जादा भन्दै थिइन् । ’ एउटा भाइ को त पन्ध्र दिन मै सकियो रे आधा सिलिन्डर त ! ’
दिलवाले भन्दा त बाजिराओ राम्रो यार । यो पनि कान मा परो। यो भनाइ भुइँ मा खस्दै गर्दा महिलावाज सुनियो । ’ हो। मैले नि दुई पटक हेरें।’
हात मा मोबाइल छ । कान्तिपुर मैले समात्नु पहिलै अर्कै ले समातिहालो । त्यसकारण हात खाली छु । हात खाली हुनु कौन्सा अचम्म को कुरा भो र ? दिमाग पनि खाली भो । यस्तो क्षण कमै भोगेको छु । खाली दिमाग ,सैतानको बास, म जानाजान किन सैतान लाई बस्न दिन्थें र ? सोचें यहाँ जे जे सुन्छु तेस्लाइ हुबहु लेख्छु । टाईम पासको लागि यहि पट्यारलाग्दो बिकल्प देखें । खास मा म मुम्बै को प्लेन टिकट किन्न हिडेको । यहाँ सानो कामवश रोकिएको हुँ । त्यो काम पनि लेख्नु पर्छ ? म बरु कहाँ छु त भन्दा बालाजु को लोकल भट्टि मा छु । रक्सी पिउन होइन है । हामी पहिले पहिले चिया पसल लाई चियाभट्टि भन्ने गर्थौँ । अहिले पनि भने ं। भट्टी क्या । चिया होस् या रक्सी । बेतुकका अनेकौं कुरा गर्ने, सुन्ने र सुनाउने ठाम मेरो लागि त्यही हो । यो मेरो सैतान बसिनसकेको दिमाग ले लगाएको अर्थ हो । तपाईंको दिन को सबैभन्दा बढी समय कहाँ बित्छ कुन्नी? तपाईं यो कुरा सकेसम्म नपढ्नुस । केही गरि पढ्नु भो भने तपै पनि कुनै न कुनै भट्टी मै हुनुहुन्छ भन्ने मान्ने छु। फेसबुक पनि एउटा भर्चुअल भट्टी हो क्या। शब्द को दुरुपयोग गरेको भए नि माफ माग्दिनं।
यसरी म किन लेखिरहेछु ? कारण हरू त छन् । नेपाल आएपछी जति पुस्तक पढें ती सब यसै प्रकार ले लेखिएका छन । कस्तो प्रकार ? अहिले म जसरी लेखिरहेछु । भन्नाले ? केही खुराक नभाको रिसर्च नभएको लेखक को मन मा आइरहने अनावसनाव कुराको फेहरिस्त क्या । जुन पढ्नु पैसा को बर्बादी हो। दिमाग कुरुप पार्नु हो। समय खेर फाल्नु चै भनिहाल्दिन। समय कम हुनेले कदापी पढ्ने छैनन् । न त त्यस्ता किताब न मेरो यो लेख। यसरी लेख्नुको को दुई कारण छन् । एक – म हालसालै पढेको पुस्तक हरु लाई गिज्याउन चाहन्छु । तिन्को चित्र तपाईं लाई देखाउन चाहन्छु कि ती कसरी वाहियात पाराले लेखिएका छन् दुई – म पनि गतिलो लेख्ने मान्छे होइन भनी स्वीकार्न।
देश को ठुला पत्रीका मा छापिने विष्लेषणात्मक लेखौट पनि यति झुर लाग्छन कि तिनीहरु कोलम पुर्याउन मात्रै लेख्छन् । तिनलाइ यस्तो लाग्दो हो कि तिनेर ले लेखेका सब कुरा जायज हुन् । तिन्का अखबारीए सार्बजनिक सुझाव सरोकारवाले ले नपढेरै र नमानेरै देश संक मा अड्किराछ।
नेपाल मा जे जस्ता अक्षर बिकिरहेका छन् तीन्ले बोकेका चेतनामा कुनै प्राण छैन। यति पढिसकेर फुस्फुसाउनुस ‘जेपीटी।’
वि.सं.२०७३ असोज २१ शुक्रवार १२:५९ मा प्रकाशित