back
CTIZAN AD

ग्रीन सिटीद्वारा बुद्धमायाको निःशुल्क उपचार

वि.सं.२०७५ साउन ६ आइतवार

657 

shares

६ साउन, काठमाडौँ । ग्रिन सिटी अस्पताल काठमाडौँ, बसुन्धराले विष सेवन गरी आत्महत्या गर्ने प्रयास गरेकी बुद्धमाया विश्वकर्माको निःशुल्क उपचार गरेको छ ।

महोत्तरी बर्दिवास–४ भब्सीटोल निवासी ४८ वर्षीया विश्वकर्माले यही असार २७ गते विष सेवन गरेर मानसिक सन्तुलन गुमाउन थालेपछि तीन दिन जिल्लामा उपचार गरेर थप उपचारका लागि काठमाडौँ ल्याएपछि ग्रीन सिटीले निःशुल्क उपचार गरेको हो । ग्रीन सिटीले करीब रु दुई लाख बराबरको सम्पूर्ण उपचार खर्च निःशुल्क गरेको हो ।

“जिल्लामा तीन दिनसम्मको उपचारमा केही सुधार नआएपछि आर्थिक अभावकै कारणले अन्य अस्पतालमा उपचारमा हुन नसकेको समाचार दलित अनलाइनबाट जानकारी पाएपछि ग्रिन सिटीले निःशुल्क उपचार गर्ने घोषणा गरेको हो” – ग्रीनसिटीका अध्यक्ष लोकबहादुर टण्डनले बताए ।

जिल्ला अदालत महोत्तरीले असार २४ गते आफूलाई जातीय भेदभाव गर्नेविरुद्ध छ महिना कैद फैसला सुनाएपछि डर, त्रास धम्कीका कारण विश्वकर्मा आफैँले विष सेवन गरी आत्महत्याको प्रयास गरेकी थिइन। अहिले विश्वकर्माको अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । सामाजिक असुरक्षाका कारण आफूले विष सेवन गरेको विश्वकर्माले बताइन ।
पछिल्लो पटक आर्थिक अवस्था कमजोर भएका १६ जना मुटुका बिरामीको निःशुल्क उपचार गरेको अध्यक्ष लोकबहादुर टण्डनले जानकारी दिए ।

वि.सं.२०७५ साउन ६ आइतवार १३:१४ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...