के मजा रक्सिमा प्रिये जो मजा तिम्रो ओठमा
विद्यामा के मजा प्रिये जो मजा पाएँ नोटमा
पीर पर्दा पिएँ रक्सि पिएँ खुशी हुँदा पनि
पिउँदा पिउँदै रक्सि पुगें आखिर कोटमा
रोएँ कति पटक म हाँसे कति पटक म
त्यो मजा पाइन प्रिये जो मजा पाएँ गोठमा
आँसु पिएँ पिएँ मैले आफ्नै खुन पनि पिएँ
आश्वासन् पाइनँ प्रिये फूल मुर्झायो बोटमा
तिम्रो उत्ताउलो बैंस चोरेछ अरुले कतै
छक्किएँ म त्यसै प्रिये हारेँछु प्रेम भोटमा ।
इति
वि.सं.२०७५ साउन ७ सोमवार ०८:३० मा प्रकाशित































