back
CTIZAN AD

स्व. पराजुलीको १३ औं दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभा सम्पन्न

वि.सं.२०७५ साउन ६ आइतवार

2.3K 

shares

सन्तोष क्षत्री, कतार । चितवन युवा समुह कतारले समाजका निबर्तमान  कार्यसमिती सदस्य स्व. घनश्याम पराजुली ‘कृष्ण’ को १३ औ दिनको पुण्य तिथिको अवसरमा शोकसभा सम्पन्न गरेको छ ।
करिब सात बर्षको कतारको बसाईलाई पाँच महिना अगाडि मात्र बिट मारेर नेपालमा ब्यबसाय सुरु गरेका स्व.पराजुलीको सडक दुर्घटना परि उपचारको क्रममा असार २५ गते निधन भएको थियो ।

श्रद्धाञ्जली सभामा बोल्दै वक्ताले मिलनसार, सरल एवं समाजसेवि ब्याक्तित्वको निधनबाट समग्र समाजमा अपुर्णनिय क्षति पुगेको बताए ।

कतारमा रहदा विभिन्न सघसंगठनमा आवद्ध रहेर समाज सेवामा सक्रिय रहेका स्व.पराजुली नेपाल पत्रकार महासङ्ग कतार शाखाका निबर्तमान कोषाध्यक्ष थिए ।

चितवन युवा समुह कतारका कार्यबाहक अध्यक्ष लाल भट्टको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा प्रमुख अतिथि एवं चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिका प्रवास संयोजक समीर खत्री, प्रवासी नेपाली मंचका अध्यक्ष चाणक पोख्रेल, एनआरएनए एनसिसि कतारका सचीव रामजी खत्री, नेपाल पत्रकार महासङ्ग कतार शाखा पुर्ब अध्यक्ष गणेश प्रसाद बन्जाडे, समाज सेवा अभियान रुपन्देहीका अध्यक्ष डिल्लीराम भट्टराई, लमजुङ सेवा समाज अध्यक्ष बिष्णुलाल श्रेष्ठ, राष्टिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल कतार शाखा अध्यक्ष कृष्ण बराल लगायतले शोक मन्तव्य राखेका थिए ।

कार्यक्रममा युबराज शर्माले स्व. पराजुलीको जीवनी सम्बन्धमा जानकारी गराएका थिए भने समाजका पूर्बमहासचिव शुरेस परियारले संचालन गरेका थिए ।

वि.सं.२०७५ साउन ६ आइतवार १८:३७ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...