विमा क्षेत्रमा दक्ष तथा गुणस्तरीय जनशक्ति उत्पादन गर्ने उद्धेश्यले बीमा तालीम इन्स्टिच्युट सञ्चालनमा ल्याईएको छ ।
बिमा समितिसहित ३९ वटा बिमा कम्पनीहरुको लगानीमा बिमा तालिम इन्स्टिच्युट सञ्चालनमा आएको छ । ३९ वटा विमा कम्पनीबाट प्रतिकम्पनी २ लाख तथा बा“की २२ लाख विमा समितीको लगानीमा कुल १ करोड लागतमा उक्त ईन्ष्टिच्युटको स्थापना गरिएको हो ।
राजधानीमा आइतबार बिमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईले इन्स्टिच्युटको उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै विमा समितिका अध्यक्ष चिरन्जीवी चा“पागाईले इन्स्टिच्युटको स्थापनाले विमा क्षेत्रले भोग्दै आएको जनशक्ति अभावको समस्या समधानको लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । उनले एकेडेमीको रुपमा विकास गर्ने सोच भएपनि कानुन अभावका कारण तत्कालका लागि इन्स्टिच्युटको रुपमा मात्र अघि बढाएको जानकारी दिए । अध्यक्ष चा“पागाईले ढेढ वर्षको अवधिमा समितिको संरचनात्मक सुधारमा उल्लेख्य प्रगति भएको बताउदै विमा समितिको ७० वर्षको ईतिहासकै सबैभ्न्दा ठुलो उपलब्धी भएको भएको दाबी गरे । उनले आगामी दिनमा विमा समितिको कार्यसम्पादनलाई थप परस्कृत गर्दै लैजाने समेत प्रतिवद्धता गरे ।
कार्यक्रममा इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत भोजराज शर्माले ईन्स्टिच्युट स्थापनाले बिमा शिक्षा अझै प्रभावकारी हुने बताए । उनले आगामी दिनमा ईन्स्टिच्युटको क्षमता विस्तार गर्दै अन्तराष्ट्रिय स्तरको तालिम केन्द्रको रुपमा स्तरोन्न्ती गर्ने योजना रहेको बताए ।
हाल बीमा क्षेत्रमा रु ६० अर्बभन्दा बढी रकम परिचालन भएको र यसले कूल गार्हस्थ्यमा २.५ योगदान पु¥याएको बताइएको छ । यस्तै नेपालभर ११ प्रतिशत जनताले विमा सुविधा प्रयोग गर्दै आएका छन् ।
वि.सं.२०७५ साउन ६ आइतवार १४:२६ मा प्रकाशित






























