back
CTIZAN AD

जनसम्पर्क समिति अमेरिकाले पनि भन्यो – ओलि सरकार अधिनायकवाद तर्फ उन्मुख

वि.सं.२०७५ साउन ६ आइतवार

531 

shares


नेपाली कांग्रेसको विदेशस्थित भातृसंस्था नेपाली जनसम्पर्क समिति(नेजस) अमेरिकाले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख हुँदै गएको आरोप लगाएको छ । शनिबार तरुण दलले गरेको विरोध प्रदर्शनमा सरकारले बल प्रयोग गरेको घटना बारे समितिका महासचिव मुनिन्द्र नेम्बाङले प्रेस विज्ञप्ती जारी गरी उक्त आरोप लगाएका हुन् ।

प्रेस बिज्ञप्तिको पूर्ण पाठ

नेपाली काँग्रेसको नेतृत्वमा लोकतान्त्रिक संविधान निर्माणको कार्य सम्पन्न गरेर, मुलुकमा तिन वटै तहको सरकारहरू निर्वाचित भएर आए पछि विवादित राजनीतिक विषय वस्तुहरूको अन्त भैसकेको समयको रुपमा आम नेपाली जनताले लिएका थिए ।

तर वर्तमान सरकारले लामो संघर्षबाट प्राप्त उक्त लोकतान्त्रिक संविधानको मर्म र भावनालाई मिचेर स्वेच्छाचारी ढंगले गरेका निर्णय, व्यवहार र सरकारी नितिलाई हेर्दा वर्तमान सरकार कम्यूनिष्ट अधिनायकवाद तर्फ उन्मुख भएको ठहर प्रवासमा बस्ने आम लोकतन्त्रवादी नेपालीहरू र हाम्रो संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाले गरेको छ ।

अधिनायकवाद उन्मुख कम्यूनिष्ट सरकारद्वारा मुलुकको संविधान र संवैधानिक व्यवस्थाको ठाडो उल्लघंन गर्दै, नेपाल तरूणदलको शान्तिपूर्ण जुलुसमाथि वानेश्वरमा गरेको निर्मम आक्रमण, जुम्लामा डा केसी र स्वास्थ्य संस्थामाथि गरेको जबरजस्ति र अन्धाधुन्द धरपकड, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि थालिएको निषेध र नियन्त्रणकारी हस्तक्षेप, अलग अलग पार्टीबाट राखिन्नु पर्ने पदहरूमा गरेको नियन्त्रण, स्वतन्त्र न्यायपालिकालाई प्रभावित पार्ने अभिव्यक्ति, ढुंगेल प्रकरण मार्फत गरेको न्यायलयको अपमान, नागरिकको सम्पतिको हकलाई कुण्ठित गर्ने प्रयत्न, ट्रेड युनियन अधिकार खोस्ने प्रपन्च , अलग विचार राख्नेलाई गरेको आक्रमण, एनआरएनहरूको भावनामा गहिरो चोट पुग्ने गरी दिएको मन्त्री लालबाबु पण्डितको आक्रोसित अभिव्यक्ति, उपत्यकामा घोषणा गरिएको निशेधित क्षेत्र, अनियन्त्रित बजार मूल्यबृद्धि तथा विभिन्न संवैधानिक निकायमा भएको सरकारी हस्तक्षेप, देशैं भरी सरकारी संरक्षणमा मौलाउदै गएको दण्डहिनता, राष्ट्रसेवक, कर्मचारी र शैक्षिक क्षेत्रमा अन्यायपूर्ण गरेको राज्यआतंकको नेपाली जनसम्पर्क समिति अमेरिका घोर निन्दा र भर्त्सना गर्दै, विभिन्न चरणमा अधिनायकवादी सरकारी दमनबाट घाइते भएकाहरूको शिघ्र स्वास्थलाभको कामना गर्दछ । यस्तो बहुमतको आडमा थालिएको कम्यूनिष्ट सर्वसत्तावादी रवैया तत्काल बन्दगरी लामो संघर्षबाट निर्माण भएको मुलुकको लोकतान्त्रिक संविधानको अक्षरश पालना गर्न समेत नेपाली जनसम्पर्क समिति अमेरिका अधिनायकवादी कम्यूनिष्ट सरकारलाई कडा चेतावनीका साथ आग्रह गर्दछ ।

डा गोविन्द केसीले आम सर्वसाधारण जनताको हितका निमित्त चिकित्सा शिक्षामा सुधारको मागराखि गरेको आमरण अनशनको सत्याग्रही आन्दोलनलाई संगठनले एक्यबद्धता र समर्थन जनाउदै उनको जीवन रक्षाका लागि अधिल्लो नेपाली काँग्रेस नेतृत्वको सरकारले माथेमा प्रतिवेदन र आम नागरिकको भावनालाई ध्यानमा राखि अध्यादेश मार्फत जारी गरिएको चिकित्सा शिक्षा विधेयकलाई हुबहु लागु गर्न समेत अधिवायकवादी सरकारसँग नेपाली जनसम्पर्क समिति अमेरिका जोडदार माँग गर्दछ । साथै संसदबाटै निर्वाचित अघिल्लो सरकारले गरेको लोकहितकारी निर्णयहरूलाई वर्तमान सरकारले बदनियतपूर्ण ढंगले विधि र कानुनको उल्लघंन गरी उल्ट्याएकोमा घोर बिरोध गर्दै, अबिलम्ब अघिल्लो सरकारले ल्याएको कार्यक्रमहरुलाई निरन्तरता दिन समेत नेपाली जनसम्पर्क समिति अमेरिका सर्वसत्तावादी उन्मुख नेपालको वर्तमान कम्यूनिष्ट सरकारलाई कडासँग माग राख्दछ ।

अन्तमा डा केसीको माग आम नेपाली जनताको माग हुन् । मुलुकको संविधान आम जनता द्वारा निर्वाचित प्रतिनिधिले बनाएको लोकतान्त्रिक संविधान हो । त्यसैले लोकतन्त्रका स्थापित मूल्यमान्यताको रक्षा गर्दै, डा।केसीको मागलाई संवोधन गराउँनको लागि देश विदेशमा बस्ने आम नेपालीहरूलाई घनीघुत ढंगले अधिनायकवाद उन्मुख कम्यूनिष्ट सरकारको बिरूद्धमा एकै साथ आवज बुलन्द गरी,अन्तराष्ट्रिय रूपमा आन्दोलनको ज्वारभाटा ल्याउन समेत नेपाली जनसम्पर्क समिति अमेरिका सबैलाई आह्वान गर्दै, आवश्यकता अनुसार मुद्दालाई अन्तराष्ट्रियकरण गराउँन विभिन्न ठाउँमा कार्यक्रमहरू गरीने कुराको पनि सहर्ष जानकारी गराउँदछौ ।

धन्यवाद , जय नेपाल

मुनिन्द्र नेम्बाङ

महासचिव

नेपाली जनसम्पर्क समिति अमेरिका

वि.सं.२०७५ साउन ६ आइतवार १३:५२ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...