हुरीजस्तो उत्ताउलो बसको गति
छेउकै बुढी आईमाई प्रिय लाग्छिन्
अझ,
उनको चाहिएको अनुहार
यात्रामा देखिएका सबैसबै
सानासाना छाप्राहरू
शीतमा मुर्झाइरहेका फूलका बोट
एकोहोरो फैलिएको मैदान
सबै आफ्नै लाग्छ
तर
यात्राभरि साटिएको भावना
र, तिम्रो अपरिचित अनुहारमात्र
किन आफ्नो भएन ?
इति
वि.सं.२०७५ साउन ६ आइतवार १३:३६ मा प्रकाशित































