back
CTIZAN AD

अफगानिस्तानमा पत्रकारको हत्या

वि.सं.२०७३ कात्तिक १ सोमवार

1.1K 

shares

 १ कात्तिक,क्वालात (अफगानिस्तान) । अफगानिस्तानमा आइतबार एकजना पत्रकारको हत्या भएको समाचार छ । दक्षिणी अफगान प्रान्तमा ती पत्रकारको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

दक्षिण अफगान प्रान्त जाबुलको क्वालात सहरमा ती पत्रकारलाई अज्ञात बन्दुकधारीले गोली हानी हत्या गरेका हुन । हत्या भएका पत्रकार सरकारी रेडियो र टेलिभिजनका स्थानीय संवाददाताका रुपमा कार्यरत थिए ।

उक्त नगरमा पत्रकार याकुबले आफ्नो सवारी साधनलाई सडक किनारामा राखेर स्थानीय किराना पसलमा सामान किन्न जान लाग्दा उनीमाथि कैयाँैं राउन्ड गोली चलाइएको थियो

त्यस क्रममा उनीमाथि कैयाँैं पटक गोली हानिएको छ, उक्त प्रान्तका प्रहरी प्रमुख जनरल मिरवाइस नुरजायीले जानकारी दिएका छन् । उनको हत्यापछि आक्रमणकारी त्यहाँबाट भागेका थिए । त्यस हत्याको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन ।

प्रहरीले अनुसन्धान थालेको जनाएको छ । तर यसअघि पनि अफगानिस्तानमा सरकारी पत्रकारको हत्यामा तालिवानको हात रहने गरेकोले यस पटक पनि उनको हत्यामा तालिवानको हात रहेको अनुमान गरिएको छ ।

अफगानिस्तानमा यसवर्षको पहिलो छ महिनामा मात्र कम्तीमा पनि दशजना पत्रकारको हत्या भएको पत्रकारको हकहितमा कार्यरत एक स्थानीय अधिकारवादी संस्थाले जनाएको छ ।

अफगानिस्तानमा तालिवान हिंसा सुरु भएपछिको करिब डेढ दशकको समयमा कम्तीमा पनि ५० जना पत्रकार मारिएका छन् ।

यसै वर्षको जनवरी महिनामा मात्र एक टेलिभिजन नेटवर्कमा कार्यरत कम्तीमा पनि सातजना पत्रकारलाई एकै हमलामा हत्या गरिएको थियो । सो हमलामा परी अरु दर्जनौँ सर्वसाधारण सख्त घाइते भएका थिए । रासस÷ सिन्ह्वा

वि.सं.२०७३ कात्तिक १ सोमवार १०:५२ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...