back
CTIZAN AD

न्याम्समा उपकुलपतिमा तीन चिकित्शक सिफारिश

वि.सं.२०७५ असोज २ मंगलवार

813 

shares

 

२ असोज, काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति पदमा तीनजना चिकित्सकलाई सिफारिश गरिएको छ ।

छनोट समितिका सदस्य एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका कामु सचिव चिकित्सक सुशीलनाथ प्याकुरेलले दिएको जानकारीअनुसार चिकित्सक डि एन साह, ढुण्डी पौडेल र अजित रायमाझीलाई सो पदमा सिफारिश गरिएको छ ।

न्याम्सका सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले तीन जना चिकित्सकको नाम उपकुलपति पदमा सिफारिश गरेका छन् । अब न्याम्सका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ती तीन जनामध्ये एकलाई उपकुलपति चयन गर्नु हुनेछ । कामु सचिव प्याकुरेलले १६ चिकित्सकमध्येबाट कार्यक्षमताका आधारमा तीनजनाको नाम चयन गरिएको बताए ।

वि.सं.२०७५ असोज २ मंगलवार १४:०१ मा प्रकाशित

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा...