back

ऋषि बरालका ‘पैतालाका डोबहरु’ मा देशभक्ति र प्रेम

वि.सं.२०७५ असोज ४ बिहीवार

228 

shares
NTC AD
Global IME AD

‘दुःखसुखको जिन्दगीमा जिलाउँदै जानुपर्छ
मनैदेखि मनको नाता मिलाउँदै जानुपर्छ
हामीबीचको सिमानामा किला ठोक्नेलाई
दुई मुटु एक बनाई हिलाउँदै जानुपर्छ’

हाइकु विधामा परिचित ऋषि बरालको मुक्तक ‘पैतालाका डोबहरु’ बुधबार विमोचन भएको छ । ती मुक्तकमा विशेषगरी मायाप्रेम, देशभक्ति, वियोग र मातृशोकका विषयलाई समेटिएको छ ।
नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा यहाँ बरालको मुक्तक विमोचन गर्दै साहित्यकार रत्नशमशेर थापाले बरालको मुक्तक र हाइकु अन्तर्राष्ट्रियस्तरको भएको बताउँदै अहिलेको सन्दर्भमा मुक्तकको भविष्य राम्रो भएको विचार राखेका थिए ।

प्रा डा खगेन्द्रप्रसाद लुइँटेलले बरालका मुक्तक पठनीय भएको तर नेपाली भाषाको शुद्धतालाई विशेष ध्यान दिनुपर्ने बताए । साहित्यकार रामकुमार पाँडेले नेपाललाई चिनाउन साहित्यकारको भूमिका मुख्य रहने जापान, अमेरिकालगायत देशमा जस्तो नेपालमा भएका पनि प्रतिष्ठानले पर्याप्त रुपमा साहित्यका विधाहरुको अनुसन्धान गर्नुपर्नेमा जोदिएका थिए ।
स्रष्टा बरालले आफ्नो बढी झुकाव हाइकुमा भए पनि मुक्तक पनि लेखिरहने जानकारी दिनुभयो ।
‘मन भत्केर दुःख भुल्न थोरै पिएका बेला
नआऊ झस्काउन झुत्रो मन सिएका बेला
मुटु सम्झी जीवन दिएँ केवल तिम्रै लागि
बाँकी भए लैजाऊ, मुटु झिकी जिएका बेला’

वि.सं.२०७५ असोज ४ बिहीवार ०८:०३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

काठमाडौँ । नेपाली साहित्य परिषद्को आयोजनामा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

गजल

गजल

लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी, शनिश्चरे पत्थर हुँदैछ यो दिल...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कोपिला

कोपिला

गणेश लोहनी, काठमाडौं १. पिलिएर पाक्न थाल्यो घाउ जिन्दगीको आफ्नै...