back
CTIZAN AD

ऋषि बरालका ‘पैतालाका डोबहरु’ मा देशभक्ति र प्रेम

वि.सं.२०७५ असोज ४ बिहीवार

2.1K 

shares

‘दुःखसुखको जिन्दगीमा जिलाउँदै जानुपर्छ
मनैदेखि मनको नाता मिलाउँदै जानुपर्छ
हामीबीचको सिमानामा किला ठोक्नेलाई
दुई मुटु एक बनाई हिलाउँदै जानुपर्छ’

हाइकु विधामा परिचित ऋषि बरालको मुक्तक ‘पैतालाका डोबहरु’ बुधबार विमोचन भएको छ । ती मुक्तकमा विशेषगरी मायाप्रेम, देशभक्ति, वियोग र मातृशोकका विषयलाई समेटिएको छ ।
नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा यहाँ बरालको मुक्तक विमोचन गर्दै साहित्यकार रत्नशमशेर थापाले बरालको मुक्तक र हाइकु अन्तर्राष्ट्रियस्तरको भएको बताउँदै अहिलेको सन्दर्भमा मुक्तकको भविष्य राम्रो भएको विचार राखेका थिए ।

प्रा डा खगेन्द्रप्रसाद लुइँटेलले बरालका मुक्तक पठनीय भएको तर नेपाली भाषाको शुद्धतालाई विशेष ध्यान दिनुपर्ने बताए । साहित्यकार रामकुमार पाँडेले नेपाललाई चिनाउन साहित्यकारको भूमिका मुख्य रहने जापान, अमेरिकालगायत देशमा जस्तो नेपालमा भएका पनि प्रतिष्ठानले पर्याप्त रुपमा साहित्यका विधाहरुको अनुसन्धान गर्नुपर्नेमा जोदिएका थिए ।
स्रष्टा बरालले आफ्नो बढी झुकाव हाइकुमा भए पनि मुक्तक पनि लेखिरहने जानकारी दिनुभयो ।
‘मन भत्केर दुःख भुल्न थोरै पिएका बेला
नआऊ झस्काउन झुत्रो मन सिएका बेला
मुटु सम्झी जीवन दिएँ केवल तिम्रै लागि
बाँकी भए लैजाऊ, मुटु झिकी जिएका बेला’

वि.सं.२०७५ असोज ४ बिहीवार ०८:०३ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...