back
CTIZAN AD

सुर्खेतमा राउटे समुदायले चौथो संविधान दिवस मनाए

वि.सं.२०७५ असोज ४ बिहीवार

663 

shares

४ असोज, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पहिलो पटक राउटेले चौथो संविधान दिवस मनाएका छन् ।

उनीहरुले खुलेरै आज संविधान दिवसको गुणगान गरे । विगतमा आफ्नै रीतिथितिमा तल्लीन हुने र आफूलाई जङ्गलको राजा मान्ने उनीहरु यस वर्ष कर्णाली प्रदेश सरकारसँगै हातेमालो गर्दै दिवस समारोहमा सामेल भए । दिवसमा उनीहरुले पैसरु नाच देखाए, अरूलाई आकर्षित गरे, प्रदेश प्रमुखसहित मन्त्री र सरकारका उच्च अधिकारीहरुलाई समेत मनोरञ्जन दिए ।

जङ्गलको बास छोडेर दैलेखेको गुराँस गाउँपालिका–८ झ्याजेस्थित बस्दै आएका राउटे दक्षिण एशियाको लोपोन्मुख जातिका रुपमा मानिन्छ । पछिल्लो समयको विकास र मानव चहलपहलका कारण राउटे रहनसहन र संस्कार छोडेर आधुनिक संस्कृति अँगाल्न थालेका छन् । यसबारेमा भने राउटेका मुखिया वीरबहादुर शाहीले जङ्गलमा आफ्नो सिकार सकिएकाले मान्छेको नजीक जान बाध्य भएको बताए ।

“मान्छेले जुङ्गल मास्या (फँडानी गरे) । हाम्मो बास उठाया । सिकार नेठ्या (सके) । जङ्गलमा गुना बाँदर सकिदा मेरा जन्ता भोकै भया” मुखिया शाहीले दुःखेसो पोखे “हामी हाम्मै संस्कारमा रमाउन चाहान्छौँ ।” मुखिया शाहीले भन्नुभयो, “सरकारका ठूला मान्छेसँग संविधान दिवस मनाउन पाउँदा खुशी लाग्याछ । यहाँका जुन्तासँग दिवस मनाउन आया हौँ ।”

सफा कपडा लगाएको, पढेको, चिल्लो र फुर्तिलो दुनियाँभन्दा आफ्नो पहिचान माथि रहेको उनले दाबी गरे । राउटे संस्कार, पहिचान र रहनसहन फेरबदल हुनुले अस्तित्व सङ्कटमा पर्ने चिन्ता रहेको मुखिया शाहीको भनाइ थियो । सामाजिक समन्वय केन्द्र (सोसेक) ले उनीहरुलाई गुराँस गाउँपालिकासँगको समन्वयमा दिवसमा सहभागी गराएको थियो ।

दिवस समारोहमा कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनालले राउटे, कुसुण्डा जातिको हितमा सरकारले काम गर्नुपर्नेमा जोड दिएका थिए । उनले गुराँस गाउँपालिका दैलेखले पछिल्लो समयमा राउटेलाई राज्यको मूल प्रवाहमा ल्याउन परिचयपत्र उपलब्ध गराएको भन्दै धन्यवादज्ञापन गरे ।

प्रदेश सरकारका कार्यवाहक मुख्यमन्त्री नरेश भण्डारीले जाति, भाषा र विविधतायुक्त भूगोलको कर्णाली प्रदेश विकासमा सरकार लागिपरेको बताए । “दक्षिण एशियाको लोपोन्मुख राउटे जाति र सडक मार्गविहीन टोपी खस्ने उकालोमा घण्टौँ भारी बोक्ने मान्छे कर्णाली प्रदेशमा छन्,” उनले भने, “तिनको न्यायका खातिर प्रदेश सरकार योजना बनाएर अघि बढिरहेको छ ।”

कार्यक्रममा प्रदेश उपसभामुख पुष्पा घर्ती, सामजिक विकासमन्त्री दल रावल, उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, प्रदेशसभा सदस्यहरु, न्यायलयका प्रमुख, सरकारी अधिकारी तथा सुरक्षा निकायका प्रमुख, नागरिक समाज र साहित्य कलालगायत विभिन्न क्षेत्रका व्यक्तित्व र नागरिक तथा समुदायको सहभागिता रहेको थियो ।

वि.सं.२०७५ असोज ४ बिहीवार ०८:२५ मा प्रकाशित

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज...

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन,...

धनुषा–१ मा उम्मेदवारी खारेजविरुद्ध किशोरी साहको रिटमा सुनुवाइ सकियो

धनुषा–१ मा उम्मेदवारी खारेजविरुद्ध किशोरी साहको रिटमा सुनुवाइ सकियो

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धनुषा–१ मा उम्मेदवारी खारेज भएपछि...

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...