४ असोज, काठमाडौँ । झन्डै दुई महिना अघि बलात्कारपछि हत्या गरिएका निर्मला पन्तका बाबु आमा र अधिकारकर्मीलाई गत सोमबार आफ्नै निवासमा प्रधानमन्त्री केपी ओलीले कञ्चनपुर घटनामा त्रुटि भएको बताएका थिए । हामीले प्रहरीलाई पुणर्न रुपमा विश्वास ग¥यौ, तर अनुसन्धानमा त्रुटि भएको रहेछ, छानविन समिति बनेको छ त्यसलाई सच्याउनेछ । ओेलीको भनाई थियो। स्रोतका अनुसार यो घटनामा आईजीपी सर्वेन्द्र खनालसँग समेत प्रधानमन्त्री असन्तुष्ट छन् । मातहतका प्रहरीलाइए नियमन गर्न नसक्दा अनुसन्धानमा लापरबाही भएकाले सरकारलाई बदनाम गराएको उनका निष्कर्श छ ।
गृहमन्त्री रामबहादुर थापाले प्रहरी रिपोर्टकै आधारमा निर्मला हत्या घटनामा संलग्न अभियुक्त पक्राउ परिसकेको जाजनकाननरी गराएका थिए । उनले १७ साउनमा जीवन घर्तीमगर र दपिक नेगीलाई पक्राउ गरिएको संसदलाई बताएका थिए । तर ती दुवै हत्यामा संलग्न थिएनन् । संसदलाई झुटो सुचना दिएको भन्दै गृहमन्त्रीको चर्को आलोचना समेत भयो । स्थानीय प्रहरी र सिआईबीको अनुसन्धानको आधारमा प्रमाणबिना झुटो सुचना दिएको भन्दै गृहमन्त्री समेत प्रहरी नेतृत्वप्रति असन्तुष्ट छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।
वि.सं.२०७५ असोज ४ बिहीवार ०८:२० मा प्रकाशित