back
CTIZAN AD

मलेसियाका पूर्व प्रधानमन्त्री रजाक पक्राउ

वि.सं.२०७५ असोज ४ बिहीवार

723 

shares

 

४ असोज, क्वालालम्पुर । एएफपी मलेसियाका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई बुधबार पक्राउ गरिएको छ ।

राज्यको लगानी कोषको दशौँ लाख रकम अनियमितता गरेको आरोपमा उनलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

नाजिब र उनका सहकर्मीहरुले राज्य कोषको दुरुपयोग गरेको भन्दै केही महिनादेखि अनुसन्धान भइरहेको थियो ।

गत मे महिनामा भएको निर्वाचनमा पनि नाजिबले राज्यको शक्ति र श्रोतको दुरुपयोग गरेको आरोप लगाउदै महाथिर मोहम्मद नेतृत्वको गठबन्धनले जित हासिल गरेको थियो । उनको गठबन्धनले नै अहिले सरकार बनाएको छ ।

विगतमा रजाककै संरक्षक रहेका ९३ वर्षीय महाथिरले नाजिबले मुलुकलाई सही दिशातिर लैजान नसकेको भन्दै आफू फेरि राजनीतिमा फर्किनु परेको चुनावी नारा बनाएका थिए ।
नयाँ सरकार बनेको केही समयमै पूर्व प्रधानमन्त्री नाजिबलाई अनियमिततासम्बन्धी सात वटा आरोप लगाइएको थियो । तर पक्राउ भने बुधबार गरिएको छ ।

पक्राउ परेका नाजिबलाई बिहीबार दिउँसो अदालतमा लगिने भएको छ । त्यहाँ उनका विरुद्धमा लगाइएका आरोपहरुका बारेमा मुद्दा चलाउन लैजान लागिएको भ्रष्टाचारविरुद्धको आयोगले जनाएको छ ।

 

वि.सं.२०७५ असोज ४ बिहीवार ०९:३७ मा प्रकाशित

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

किएभ । युक्रेनको संसदले बिहीबार युक्रेन र युरोपेली सङ्घबीचको ऋण...

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले विश्वभर बढ्दो द्वन्द्व, राजनीतिक अस्थिरता तथा...

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...