back
CTIZAN AD

सार्वजनिक यातायातको भाडा १० प्रतिशतले बढ्यो, अग्रिम बुकिङखुल्ने मिति भने टुंगो लागेन

वि.सं.२०७५ असोज ७ आइतवार

531 

shares

७ असोज, काठमाडौं । सार्वजनिक यातायातको भाडा बृद्धि भएको छ । यातायात व्यवसायीहरूल दशैँ अगाडीको अग्रिम बुकिङ रोकेपछि सरकारले १० प्रतिशत भाडा वृद्धि गर्न सहमत भएका थिए ।
ईन्धनको मूल्य वृद्धि भएपछि व्यवसायीहरुले सहमति गरेर पनि अग्रिम बुकिङ खोल्ने निर्णयबाट पछि हटेका थिए ।

शनिबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भएको वार्तामा हालै भएको इन्धनको मूल्यबृद्धिलाई मुख्य आधार मानेर भाडादर १० प्रतिशत बढाउने सहमति भएको नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

सहमति अनुसार आईतबार देखि नै नयाँ भाडादर लागू हुने छ ।
यस्तै बैठकमा समय सापेक्ष भाडादर कायम गर्न दुई महिनाभित्र प्रतिवेदन दिने गरी समिति गठन गर्ने र मंसिर २९ सम्म भाडा समायोजन गर्ने सहमति पनि भएको छ ।

वार्तामा यातायात व्यवसायी संघ तथा समितिहरुको रोक्का रहेको बैंक खताबाट समितिको अनिवार्य दायित्वभित्र पर्ने खर्चहरु भुक्तानी गर्ने व्यवस्था मिलाउने वातावरण समेत तयार गर्ने समझदारी बनेको यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले जानकारी दिए । शनिबार सहमति भएपनि अग्रिम बुकिङ कहिले खोल्ने विषयमा भने यातायात व्यवसायीहरुले छलफल गरेर नयाँ मिति तोक्ने समझदारी बनेको महासंघका महासचिव सिटौलाले जानकारी दिए । “कहिले देखि अग्रिम बुकिङ खोल्ने निर्णय भईसकेको छैन्”, सिटौलाले भने, “यातायात व्यवस्था विभागले भाडा वृद्धिसहितको पत्रपठाएपछि सोमबार केन्द्रिय समितिको बैठकबाट यस विषयको टुंगोमा पुग्छौँ ।”
यस अघि भदौ ३१ गते यातयात व्यवस्था विभाग र व्यवसायीहरुबीच असोज ५ देखि अग्रिम बुकिङ खोल्ने समझदारी बनेको थियो । तर असोज २ देखि पेट्रोलियम पदार्थको मूल्यमा भएको बढोत्तरीका कारण व्यवसायीहरुले पुरानै भाडादरमा अग्रिम बुकिङ नखोल्ने अडान राखेका थिए ।

वि.सं.२०७५ असोज ७ आइतवार ०७:५५ मा प्रकाशित

गृहमन्त्री गुरुङद्वारा नारायणगढ-बुटवल सडक खण्ड अनुगमन : समयमै काम सम्पन्न गर्न निर्देशन

गृहमन्त्री गुरुङद्वारा नारायणगढ-बुटवल सडक खण्ड अनुगमन : समयमै काम सम्पन्न गर्न निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्डको अनुगमन गरेका...

विद्युत् खपत रणनीति बनाउन आवश्यक छलफल गर्दै उर्जा मन्त्रालय

विद्युत् खपत रणनीति बनाउन आवश्यक छलफल गर्दै उर्जा मन्त्रालय

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री र नेपाल उद्योग परिसङ्घबीच...

एन आई सी एशिया बैंकद्वारा बर्दगोरिया, कैलालीस्थित सहारा घरलाई आवश्यक सामग्री सहयोग

एन आई सी एशिया बैंकद्वारा बर्दगोरिया, कैलालीस्थित सहारा घरलाई आवश्यक सामग्री सहयोग

काठमाडाैँ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक...

पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ । तुलसीपुर उपमहानगरपालिका –१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा...

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

काठमाडौँ । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति...

आफैँले काटेको रुखले लागेर एक जनाको मृत्यु, दुई घाइते

आफैँले काटेको रुखले लागेर एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली (नुवाकोट) । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने...