back
CTIZAN AD

भारतको ‘अहङ्कारी’ अभिव्यक्तिबाट पाकिस्तानका प्रधानमन्त्रीद्धारा दुःख व्यक्त

वि.सं.२०७५ असोज ७ आइतवार

699 

shares

७ असोज, इस्लामावाद, पाकिस्तान । एएनआई नयाँ दिल्लीले भारत–पाकिस्तान विदेश मन्त्रीस्तरको प्रस्तावित वार्र्ता तत्काल हुन नसक्ने बताएको भोलिपल्ट अर्थात् शनिबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बैठक रद्द गर्ने बिषयलाई लिएर दुःख व्यक्त गरेका छन् ।

पाकिस्तानी प्रधानमन्त्रीले आफ्नो ट्वीटर पेजमा एक सन्देश लेख्दै भनेका छन्, “भारत–पाकिस्तानबीचको शान्ति वार्तालाई पुनः आरम्भ गर्ने मेरो आह्वानप्रति भारतको अहङ्कारी तथा नकारात्मक प्रतिक्रियाबाट म दुःखी बनेको छु ।”

“साना मान्छेले ठूला कार्यालयमाथि नियन्त्रण राख्नुपर्ने मेरो जीवनको अनुभवले र दृष्टिले ठूलो तस्वीर नदेखेको हुनसक्छ ।”

शुक्रबार दुई विशिष्ट प्रहरी अधिकारी र एक जना प्रहरी जवानलाई जम्मु–काश्मिरमा अपहरणपछि क्रुरतापूर्ण हत्या गरेको केही घण्टापछि भारतीय विदेशमन्त्री शुषमा स्वराज र पाकिस्तानी विदेशमन्त्री शाह मेहमुद कुरेसीबीच हुने भनी प्रस्तावित वार्ताबाट भारत पछि हटेको सङ्केत गरेका थिए ।

यस पहिले यही सेप्टेम्बरको १८ गते सीमा सुरक्षा बलका प्रहरी जवान नरेन्द्र सिंहको पनि जम्मु नजिकैको भारत–पाकिस्तानको अन्तराष्ट्रिय सिमाक्षेत्रमा बन्दूक बोकिरहेको अवस्थामा हत्या भएको थियो ।

शुक्रबार भारतीय विदेश मन्त्रालयले आफ्नो निर्णय घोषणा गर्दै पाकिस्तानी प्रधानमन्त्रीको वास्तविक अनुहारलाई सिमानामा भएका हत्याले छर्लङ्ग देखाएको बताएको थियो ।

भारत तथा पाकिस्तानका विदेशमन्त्रीहरूबीच संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभाका अबसरमा भेट हुने कार्यक्रम तय भएको थियो ।

वि.सं.२०७५ असोज ७ आइतवार १०:२२ मा प्रकाशित

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

पेरिस । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले...

पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु

पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु

पेसावर (पाकिस्तान) । उत्तरी पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा प्रहरी चौकीमाथि...

रुसी आक्रमणमा आठ जनाको मृत्यु

रुसी आक्रमणमा आठ जनाको मृत्यु

किएभ । रुसले बिहीबार बिहान युक्रेनका विभिन्न क्षेत्रमा गरेको व्यापक...

एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

जापानमा घट्दो जन्मदर बढाउने प्रयासस्वरूप टोकियो महानगर सरकारले सञ्चालनमा ल्याएको...

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

लाहोर (पाकिस्तान) । पाकिस्तानमा मनसुनजन्य वर्षा र त्यसपछि आएको आकस्मिक...

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो। दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए...