back
CTIZAN AD

ईन्धन वितरणमा कोटा प्रणाली खारेज, मागे जति तेल पाईने

वि.सं.२०७५ असोज ७ आइतवार

897 

shares

७ असोज, काठमाडौँ । नेपाल आयल निगमले शुक्रबार देखि लागू गरेको ईन्धन वितरणमा कोटा प्रणाली हटाएको छ । चालकहरुले आन्दोलन फिर्ता लिएपछि ईन्धन वितरणमा लागू गरिएको कोटा प्रणाली हटाएको हो । कोटा प्रणाली हटेसँगै उपभोक्ताले चाहेजति तेल पाउने निगमका प्रवक्ता विरेन्द्र गोईतले जानकारी दिए ।
इन्धन अभावले पेट्रोल पम्पमा लाम लागेपछि निगमले दुई दिनअघि असोज ५ बाट लागू हुनेगरी मोटरसाइकल, स्कुटरलाई बढीमा पाँच लिटर र हल्का सवारी साधन कार, भ्यानलाई बढीमा १५ लिटर पेट्रोल दिनेगरी कोटा निर्धारण गरेको थियो ।

त्यसैगरी डिजेलबाट चल्ने छोटा दूरीका सवारी साधनलाई बढीमा ५० लिटर र लामो दूरीका सवारी साधनलाई बढीमा १०० लिटरसम्म मात्रै डिजेल उपलब्ध गराइएको थियो । मुलुकी संहिताको विरोधमा चालकहरु आन्दोलनमा उत्रिएपछि ईन्धनको ढुवानी असहज बनेको थियो । चालकहरुसँगको सहमति पछि पेट्रोलियम पदार्थको ढुवानी सहज बनेको निगमले जनाएको छ ।

वि.सं.२०७५ असोज ७ आइतवार १०:१९ मा प्रकाशित

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहा । सिरहामा दुई पक्षबीच भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली...

सुनसरी घटनामा घाइते अर्का युवकको पनि मृत्यु

सुनसरी घटनामा घाइते अर्का युवकको पनि मृत्यु

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा आइतबार भएको घटनाका क्रममा...

पूर्व रास्वपा स्वास्थ्य विज्ञ डा- सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्ष  नियुक्त

पूर्व रास्वपा स्वास्थ्य विज्ञ डा- सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्ष नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व स्वास्थ्य विज्ञ...

सिरहामा अर्को आदेश नभएसम्मका लागि कफ्यु आदेश

सिरहामा अर्को आदेश नभएसम्मका लागि कफ्यु आदेश

सिरहा। सिरहाको गोलबजार आसपासका क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी...

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न अखिल नेपाल महिला संगठनको माग

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न अखिल नेपाल महिला संगठनको माग

काठमाडौं । अखिल नेपाल महिला संगठनले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा...