Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

आमाबाट बच्चामा सर्ने सङ्क्रमण शून्यमा झारिने



 ४ कात्तिक,रोल्पा । रोल्पा जिल्लाका गर्भवती आमाबाट बच्चामा सर्ने एचआइभीलाई शून्यमा झार्ने जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ ।

सोका लागि हरेक गर्भवती आमाले अनिवार्य रुपमा एचआइभी टेस्ट गर्ने कार्यको थालनी गरिएको छ । गत वैशाखदेखि सुरु गरिएको गर्भवती महिलाको एचआइभी परीक्षण (पिएमटिसिसी) सेवा जिल्लाका सबै प्रसूतिगृहबाट दिइँदै आएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका एचआइभी एड्स फोकल पर्सन नोखराज पोख्रेलले जानकारी दिनुभयो ।

एकसय दुईजना गर्भवती आमामा गरिएको परीक्षणमा पोजिटिभ नभेटिएको पोख्रेलले बताउनुभयो । जिल्लामा गर्भवती आमाबाट एचआइभी सरेका बालबालिकाको सङ्ख्या पाँचजना रहेको छ । उनीहरुलाई हाल किड्स नामक गैरसरकारी संस्थाले पोषणका लागि मासिक रु एक हजारका दरले भत्तासमेत दिँइदै आएको छ ।

जिल्लामा २२ पुरुष, २० महिला र पाँच बालबालिकासहित ४७ जना सङ्क्रमित रहेका छन् । रोल्पाबाहिर घर भएका दुईजना समेत ४९ जना सङ्क्रमित रहेको बताइएको छ । हालसम्म सङ्क्रमितमध्ये १२ जनाको मृत्यु भइसकेको रोल्पा प्लसका अध्यक्ष राधा विकले जानकारी दिनुभयो ।

एचआइभी सङ्क्रमितलाई आकस्मिक सहयोग गर्ने भन्दै जिल्लामा एड्स कल्याणकारी कोषको समेत स्थापना गरिएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ