Logo
८ आश्विन २०८०, सोमबार
     Mon Sep 25 2023
E-paper
  English Edition
   Unicode
Logo

सवारी कारबाहीबाट रु दुई लाख ३७ हजार राजस्व



जुम्ला । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधन कारबाहीबाट रु दुई लाख ३७ हजार राजस्व सङ्कलन गरिएको छ ।

कर्णाली राजमार्गअन्तर्गत जुम्ला भएर जाने र आउने सवारी साधनलाई कारबाही गर्दा तीन महिनामा झन्डै रु दुई लाख ५० हजार बराबर राजस्व सङ्कलन गरिएको छ । आव २०७३÷७४ को साउन, भदौ र असोज महिनामा ३११ सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रहरी सहायक निरीक्षक गङ्गाराम विकले जानकारी दिनुभयो ।

साउनमा ६५ वटा गाडी कारबाहीमा परेका थिए, जसमा रु ३६ हजार ५००, भदौ महिनामा ८५ सवारी साधन कारबाहीबाट रु ५० हजार ५०० राजस्व जम्मा भएको प्रहरी सहायक निरीक्षक विकले बताउनुभयो । असोज महिनामा भने १६१ सवारी साधन कारबाही परेको उहाँको भनाइ थियो । जसबाट रु एक लाख ५० हजार राजस्व जम्मा गरेका छौँ – उहाँले भन्नुभयो ।

उहाँका अनुसार कारबाहीमा पर्नेहरुमा बसको हुटमा चढ्नेहरु, क्षमताभन्दा बढी यात्रु राख्ने सवारी, रुट अनुमति नभएका, मापसे प्रयोग गरेर सञ्चालन गरिएका, नियम विपरीत चालक अनुमति नभएका, तीव्र गतिमा गुडाउने सबैखालका सवारी साधनलाई कारबाही गरिएको थियो ।
सवारी सञ्चालन र आवागमनका विषयमा बेवास्ता भएको र त्यससम्बन्धी नागरिकलाई अधिकतम जानकारी नभएकाले आगामी दिनमा ट्राफिक नियम र आवागमनका विषयमा स्कुल, सार्वजनिक स्थानमा जनचेतना कार्यक्रम सञ्चालन गर्ने जिल्ला ट्राफिक कार्यालय जुम्लाले जनाएको छ । रासस


-->

बेइजिङ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना चिनियाँ समकक्षीसँग आज द्विपक्षीय

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र

गण्डकी । नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५

गलकोट (बागलुङ) । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूगोल, जनसङ्ख्या र बजेटका आधारमा योजना बनाउँदा