back
CTIZAN AD

सवारी कारबाहीबाट रु दुई लाख ३७ हजार राजस्व

वि.सं.२०७३ कात्तिक ४ बिहीवार

1K 

shares

जुम्ला । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधन कारबाहीबाट रु दुई लाख ३७ हजार राजस्व सङ्कलन गरिएको छ ।

कर्णाली राजमार्गअन्तर्गत जुम्ला भएर जाने र आउने सवारी साधनलाई कारबाही गर्दा तीन महिनामा झन्डै रु दुई लाख ५० हजार बराबर राजस्व सङ्कलन गरिएको छ । आव २०७३÷७४ को साउन, भदौ र असोज महिनामा ३११ सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रहरी सहायक निरीक्षक गङ्गाराम विकले जानकारी दिनुभयो ।

साउनमा ६५ वटा गाडी कारबाहीमा परेका थिए, जसमा रु ३६ हजार ५००, भदौ महिनामा ८५ सवारी साधन कारबाहीबाट रु ५० हजार ५०० राजस्व जम्मा भएको प्रहरी सहायक निरीक्षक विकले बताउनुभयो । असोज महिनामा भने १६१ सवारी साधन कारबाही परेको उहाँको भनाइ थियो । जसबाट रु एक लाख ५० हजार राजस्व जम्मा गरेका छौँ – उहाँले भन्नुभयो ।

उहाँका अनुसार कारबाहीमा पर्नेहरुमा बसको हुटमा चढ्नेहरु, क्षमताभन्दा बढी यात्रु राख्ने सवारी, रुट अनुमति नभएका, मापसे प्रयोग गरेर सञ्चालन गरिएका, नियम विपरीत चालक अनुमति नभएका, तीव्र गतिमा गुडाउने सबैखालका सवारी साधनलाई कारबाही गरिएको थियो ।
सवारी सञ्चालन र आवागमनका विषयमा बेवास्ता भएको र त्यससम्बन्धी नागरिकलाई अधिकतम जानकारी नभएकाले आगामी दिनमा ट्राफिक नियम र आवागमनका विषयमा स्कुल, सार्वजनिक स्थानमा जनचेतना कार्यक्रम सञ्चालन गर्ने जिल्ला ट्राफिक कार्यालय जुम्लाले जनाएको छ । रासस

वि.सं.२०७३ कात्तिक ४ बिहीवार ०६:३५ मा प्रकाशित

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

एनआईसी एशिया बैंकको “मोबैंक” एपबाटै सजिलै डाटाप्याक खरिद गर्न सकिने

एनआईसी एशिया बैंकको “मोबैंक” एपबाटै सजिलै डाटाप्याक खरिद गर्न सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई इन्टरनेट सेवामा निरन्तर...

नेपाल बैंकद्वारा ‘एनबीएल सर्व सुलभ आवास कर्जा’ योजना सार्वजनिक, ५% बाटै ब्याजदर सुरु

नेपाल बैंकद्वारा ‘एनबीएल सर्व सुलभ आवास कर्जा’ योजना सार्वजनिक, ५% बाटै ब्याजदर सुरु

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सर्वसाधारणलाई सहज...

सानिमा बैंकका ग्राहकले अब ‘सजिलो ई-बैंकिङ एप’बाटै डेटा प्याक खरिद गर्न सकिने

सानिमा बैंकका ग्राहकले अब ‘सजिलो ई-बैंकिङ एप’बाटै डेटा प्याक खरिद गर्न सकिने

काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई थप सहज सुविधा दिने...

नबिल बैंकद्वारा विशेष सुविधासहित “नबिल घर पुनर्निर्माण कर्जा” सार्वजनिक

नबिल बैंकद्वारा विशेष सुविधासहित “नबिल घर पुनर्निर्माण कर्जा” सार्वजनिक

काठमाडौँ । नबिल बैंकले ग्राहकहरूलाई आफ्नै घर पुनर्निर्माणका लागि सहज...

सानीमा बैंकको नाफा ३८ प्रतिशतले बढ्यो, प्रति सेयर आम्दानी २५.७५ रुपैयाँ पुग्यो

सानीमा बैंकको नाफा ३८ प्रतिशतले बढ्यो, प्रति सेयर आम्दानी २५.७५ रुपैयाँ पुग्यो

काठमाडौं। सानीमा बैंकले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म उत्साहजनक...