back
CTIZAN AD

आकासबाट आकासमै मार हान्ने सक्ने क्षेप्यास्त्रको सफल परीक्षण

वि.सं.२०७५ असोज १२ शुक्रवार

663 

shares

 

१२ असोज, नयाँदिल्ली । भारतले अस्त्र नामको आकाशबाट आकाशमै मार हान्नसक्ने भारतमै निर्मित क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको छ । भारतको पूर्वी उडिसा प्रान्तको तटीय क्षेत्रमा बुधबार अपराह्न क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरिएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।

भारतीय वायू सेनाको एसयू–३० लडाकू बिमानबाट उक्त क्षेप्यास्त्र परीक्षण गरिएको थियो । परीक्षण गरिएको क्षेप्यास्त्रले सही निशानामा प्रहार गरेको पनि मन्त्रालयले जनाएको छ ।

भारत सरकारको स्वामित्वमा रहेको प्रतिरक्षा अनुसन्धान तथा विकास संस्थाले पहिलोपटक आकाशबाट आकाशमै मार हान्न सक्ने उत्कृष्ट र अभेद्य क्षेप्यास्त्र निर्माण गरेको बताइएको छ ।

नयाँ क्षेप्यास्त्रले फरकफरक दूरी र २० देखि ८० किलोमिटर उचाइका क्षेत्रमा अचूक निशाना लगाउन सक्ने भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।

 

वि.सं.२०७५ असोज १२ शुक्रवार ०९:२४ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...