back
CTIZAN AD

ढिस्कोले पुरिएर एक महिलाको मृत्यु,तीन घाइते

वि.सं.२०७५ असोज १२ शुक्रवार

702 

shares

 

१२ असोज,म्याग्दी । बेनी नगरपालिका–२ ज्यामरुककोटमा आज माटोको ढिस्कोले पुरिएर एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

घर लिप्ने माटो खन्ने क्रममा खसेको ढिस्कोले पुरिएर बेनपा–२ ज्यामरुककोटकी ३५ वर्षीया कल्पना बोहोराको मृत्यु भएको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढाले बताए ।

उपचारका लागि बागलुङस्थित धौलागिरि अञ्चल अस्पताल लैजाने क्रममा बोहोराको बाटोमै मृत्यु भएको थियो ।

ढिस्कोले पुरिएर घाइते भएकी बागलुङ नगरपालिका–५ मालिकाकी २४ वर्षीया निशा सापकोटा र बेनपा–२ की २३ वर्षीया सिर्जना थापालाई मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको छ ।

बेनी नगरपालिका २ की ५० वर्षीया देवकुमारी घिमिरेको धौलागिरि अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको प्रनाउ बुढाले बताए ।

वि.सं.२०७५ असोज १२ शुक्रवार २०:३७ मा प्रकाशित

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

कैलाली । गाउँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि विदेश गइरहेका...

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन...

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलाली । साउन महिनाको अन्तिम सोमबार कैलालीका विभिन्न शिवालयमा आज...