back
CTIZAN AD

किर्ते गरेर नक्कली आरोहण अनुमतिपत्र बनाउने तीन जना पक्राउ

वि.सं.२०७५ असोज १८ बिहीवार

657 

shares

१८ असोज, काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली आरोहण अनुमतिपत्र बनाउने तीन कर्मचारीलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउपर्नेमा सेभेन समिट ट्रेक्स प्रालिका कानून विभाग प्रमुख निभेश कार्की, बजार व्यवस्थापक फुर्तेन्जी शेर्पा र लेखापाल विजयश्वर अर्याल रहेका छन् ।

तीनै जनाले विसं २०७४ चैत ३० गते सोही प्रालिमार्फत सगरमाथा आरोहण गर्न तयार भएको १२ जना विदेशी नागरिकको आरोहण अनुमतिपत्र पर्यटन विभागबाट बुझेर त्यसलाई लुकाइ सोही मिति र परमिट नं राखी सक्कली अनुमतिपत्रमा भएको १२ जनाको नाममा एक चिनियाँ नागरिक र एक अष्ट्रेलियन नागरिकको नाम थप गरी १४ जनाको नाम भएको अर्को कीर्ते आरोहण अनुमतिपत्र तयार गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

सोही कीर्तेपत्रको छायाँप्रति सगरमाथा प्रदूषण नियन्त्रण समिति, सोलुखुम्बुमा पेश भएकामा पर्यटन विभागबाट पनि सो आरोहण दलको सम्पर्क अधिकृतका रुपमा खटिएका कर्मचारीले पर्यटन विभागबाट बुझिलिएको सक्कली आरोहणपत्रको छायाँप्रति सगरमाथा प्रदूषण नियन्त्रण समितिमा बुझाएपछि विभागका कर्मचारी र ट्रेकिङ एजेन्सीका कर्मचारीले बुझाएको एकै मिति र एकै परमिट नं को पत्रमा आरोही सङ्ख्या फरक भएपछि सोबारे अनुसन्धान शुरु भएको थियो ।

आरोहण दल सगरमाथा आरोहणमा जाने अन्तिम दलमा सक्कली आरोहण पत्रानुसार चिनियाँ नागरिक आठ जना, भारतीय दुई, स्पेनिस एक र बेलायती एक जना रहेकामा नक्कली आरोहणपत्रमा थप भएका दुईमध्ये एक जना चिनियाँ र एक अस्टे«लियाली नागरिक रहेको भेटिएको ब्युरोले जनाएको छ ।

प्रहरीका अनुसार ती दुई विदेशी नागरिकको परमिट शुल्कबापत २२ हजार अमेरिकी डलर तीनै जनाले बाँडेर लिएको अनुसन्धानबाट खुलेको छ । प्रहरीले कार्कीलाई ठमेल, अर्याललाई महाराजगञ्ज र शेर्पालाई सोलुखुम्बुबाट पक्राउ गरिएको हो ।

वि.सं.२०७५ असोज १८ बिहीवार १८:४३ मा प्रकाशित

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज...

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन,...

धनुषा–१ मा उम्मेदवारी खारेजविरुद्ध किशोरी साहको रिटमा सुनुवाइ सकियो

धनुषा–१ मा उम्मेदवारी खारेजविरुद्ध किशोरी साहको रिटमा सुनुवाइ सकियो

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धनुषा–१ मा उम्मेदवारी खारेज भएपछि...

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...