back
CTIZAN AD

सरकारी सञ्चारमाध्यमलाई विश्वसनीय र प्रतिस्पर्धी बनाउन निर्देशन

वि.सं.२०७५ असोज १८ बिहीवार

621 

shares

 

१८ असोज, काठमाडौँ । सरकारी सञ्चारमाध्यमलाई विश्वसनीय र प्रतिस्पर्धी बनाउन प्रतिनिधसभा विकास तथा प्रविधि समितिले निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकमा सरकारी सञ्चारमाध्यम तथा मातहतका अन्य निकायलाई विश्वसनीय र प्रतिस्पर्धी बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले राष्ट्रिय समाचार समिति ९रासस०, रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र संस्थान, नेपाल दूरसञ्चार प्राधिकरण र हुलाक सेवालाई प्रभावकारी, जनमुखी र जनताको भरपर्दो संस्थाको रुपमा विकास गर्न निर्देशन दिएको छ ।

त्यसैगरी समितिले नेपाल दूरसञ्चार प्राधिकरणमा रिक्त महाप्रबन्धक पदको पदपूर्ति खुला प्रतिस्पर्धाबाट गर्न पनि निर्देशन दिएको छ ।

बैठकमा सांसद टेकबहादुर बस्नेत, गणेश पहाडी, रामबहादुर विष्ट, कमला रोका, इन्दु शर्मा, आशाकुमारी विक, मीनाकुमारी सुब्बा, रङ्गमती शाही, जिप छिरिङ लामा, यज्ञराज सुनुवार र महेन्द्रराय यादवले आआफ्नो धारणा राखेका थिए ।

उनीहरुले नेपाल दूरसञ्चार प्राधिकरणमा नियुक्त हुनुभएका नवनियुक्त अध्यक्ष दीगम्बर झाको नियुुक्ति प्रकरण, श्रमजीवी पत्रकार ऐन लागू, हुलाक सेवाको वैज्ञानिक व्यवस्थापन र बनेपास्थित सूचना प्रविधि पार्कको सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले हालसम्म २४० टावर निर्माण भइसकेको, १६ हजार अश्लील तथा छाडा अनलाइन साइड बन्द गरिएको, श्रमजीवी पत्रकारको तलब वृद्धि गरिएको समितिलाई जानकारी मेत गराएका थिए ।

उनले आगामी दुई वर्षमा सबै स्थानीय तहमा दूरसञ्चार तथा द्रुत गतिको इन्टरनेट सेवा पु¥याउने र आउँदो दुई महिनाभित्र पत्रकार वृत्तिकोषमा रु पाँच करोड रकम जम्मा गरिसक्ने बताए ।

समितिका सभापति कल्याणी कुमारीको अध्यक्षतामा समितिको बैठक बसेको थियो ।

 

वि.सं.२०७५ असोज १८ बिहीवार १८:५१ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...