back

अमेरिकाबाट फर्किएका प्रधानमन्त्रीलाई कतारमा स्वागत

वि.सं.२०७५ असोज १८ बिहीवार

282 

shares
GLOBAL IME AD
NTC AD

अमेरिकाबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कतारमा स्वागत गरिएको छ ।
नेपाली प्रबासी मंच कतार र नेपाली जनप्रगतिशिल मंच कतारले प्रधानमन्त्री केपी शर्मा ओली, धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायत भ्रमणका प्रतिनिधिमण्डलसँग भेटघाट तथा स्वागत गरेको छ ।
संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औँ अधिवेशनको औपचारिक भ्रमण सम्पन्न गरेर विहिबार स्वदेश फर्कने क्रममा कतारको दोहामा परेको ट्रान्जिटको समयमा भेटघाट तथा स्वागत कार्यक्रम गरिएको हो ।
उक्त भेटघाटका क्रममा समसामयिक विषय, दुई देशबीचको सम्बन्ध, पर्यटन क्षेत्रका विषय र कतारबाट नेपालमा लगानी भित्राउने सम्बन्धमा छलफल भएको थियो ।


सोहि अवसरमा प्रधानमन्त्रीले खाडी मुलुकमा कार्यरत नेपाली कामदार अत्यन्तै मेहनति भएको बताउँदै खाडी मुलकमा काम गरेर पठाएको रेमिट्यान्सले देशको आधा हैसियत थामेको भन्दै उनीहरु देशका लागि अभिन्न अंग भएको बताएका थिए । उनले कतारमा कार्यरत नेपाली कामदारको बारेमा जानकारी लिदैं नेपाल सरकारले निभाउनु पर्ने भूमिकाका बारेमा चासो राखेको प्रबासी मंच कतारका अध्यक्ष चानक पोख्रेलले बताएका छन् ।


भेटघाट कार्यक्रममा प्रबासी नेपाली मंचका अध्यक्ष चानक पोख्रेल, सस्थापक अध्यक्ष कमल मणि गुरागाई, नेपाली जनप्रगतिशिल मंचका गल्फ सहसंयोजक शनिकुमार ओलि लगायतको उपस्थिति थियो ।

वि.सं.२०७५ असोज १८ बिहीवार १८:२१ मा प्रकाशित

युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको सकुशल उद्धार

युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको सकुशल उद्धार

काठमाडौं । युक्रेनी सेनाको कब्जामा परेका दुई नेपालीको सकुशल उद्धार...

प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटीले  प्रशिक्षणात्मक अन्तरक्रिया गर्ने

प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटीले  प्रशिक्षणात्मक अन्तरक्रिया गर्ने

काठमाडौँ । ‘सबल प्रवासी, समृद्ध नेपाल, सुखी नेपाली’ नाराका साथ...

नर्वेमा मनाइयो सोनाम ल्होसार

नर्वेमा मनाइयो सोनाम ल्होसार

प्रेम परियार, ओस्लो, नर्बे । तामाङ समाज नर्बेद्वारा आयोजित मंजुश्री...

सिनेमेटोग्राफर सम्राट कार्की ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ले सम्मानित

सिनेमेटोग्राफर सम्राट कार्की ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ले सम्मानित

अमेरिका । सिनेमेटोग्राफर सम्राट कार्की लाई ‘कम्युनिटी मिडिया अवार्ड २०२५’...

नेपलिज कम्युनिटी पार्दो पोर्चुगलद्धारा मृतकका परिवारलाई आर्थिक सहयोग

नेपलिज कम्युनिटी पार्दो पोर्चुगलद्धारा मृतकका परिवारलाई आर्थिक सहयोग

काठमाडौं । नेपलिज कम्युनिटी पार्दो पोर्चुगलले मृतकका परिवारलाई आर्थिक सहयोग...

नर्वेमा मनाइयो माघे संक्रान्ति र माघी

नर्वेमा मनाइयो माघे संक्रान्ति र माघी

प्रेम परियार, नर्वे । मगर संघ नर्वेले यही २०२५ जनवरी...